राष्ट्रिय टिमबाट बिदा भएका विश्वका प्रसिद्ध फूटबलर नेइमारले आगामि दिनमा ब्राजिलको फुटबलमा समर्पित हुने प्रतिक्रिया दिएका छन् ।

काठमाडौं, १६ साउन ।

विश्वका प्रसिद्ध फूटबलर नेइमारले अन्तरराष्ट्रिय फूटबलबाट सन्यास लिएका छन् । ब्राजिलको टिमका महत्वपूर्ण खेलाडी नेइमारले राष्ट्रिय टिमसँगको आवद्धता अन्त्य भएको घोषणा गरेका छन् ।हालै सम्पन्न विश्वकपमा नर्वेसँग ब्राजिल पराजित भएपछि उनले राष्ट्रिय टोलीबाट सन्यास लिने चर्चाहरु चलिरहेका थिए । यसैबीच उनले हालैमात्र राष्ट्रिय टोलीसँगको आवद्धता अन्त्य गर्दे अन्तरराष्ट्रिय प्रतियोगितमा सहभागि नहुने उद्घोष गरेका हुन् ।
३४ वर्षिय नेइमार कलात्मक फूटबलर खेल्ने प्रसिद्ध खेलाडी हुन् । उनी १६ वर्ष ब्राजिलको टिममा आवद्ध रहे । सन् २०१० को विश्वकपको टिममा सहभागिमात्र भएका उनी, त्यसपछिका विश्वकपहरुमा सक्रिय खेलाडीको रुपमा मैदानमा छन् । उनी ब्राजिलमा सर्वाधिक गोलकर्ता फूटबलरकोरुपमा चिनिन्छन् । १३० खेलमा ८० गोल गरेको र ५६ वटा बल असिष्ट गरेको योगदान उनको छ ।
सन् १९९२ फ्रेबुवरी ५ मा जन्मिएका नेइमारले ब्राजिलको टिममा रहेर र अन्य विभिन्न प्रसिद्ध क्लवमा आवद्ध रहेर विश्वमा जसी नाम कमाए, त्यसैगरी ब्राजिललाई विश्वकप जिताउन भने सकेनन् ।
सन् २०१४, २०१८,२०२२ र हालै सम्पन्न २०२६ को खेलहरुमा नेइमार आकर्षक विश्व अपेक्षित फुटबलर हुन् । सन् २०१४ विश्वकपमा कोलम्बियासँगको खेलमा गंम्भिर घायल भएका उनी त्यसपछि भने जमेर खेल्न सकिरहेका थिएनन् । बारम्बारको चोटपटक, अपरेशसन जस्ता स्वास्थ कारणले उनको नेम र फेम अनुसार आफ्नो टिमलाई बिजयी बनाउन भने चुकेको इतिहास छ । हालै सम्पन्न विश्वकपमा पनि उनी सब्सिच्युटमा मध्यान्तर पछि फिल्डमा प्रवेश गरेका हुन् । उनले एक गोल गरे पनि नर्वेको २ गोलका कारण क्वाटर फाइनलबाटै ब्राजिल बाहिरिनु परेको पीडाबीच सन्यास लिएका छन् नेइमारले ।
सन्यास पछि उनले ब्राजिलको फूटबलमै लागि पर्ने प्रतिक्रिया दिएका छन् । तर, ब्राजिलको राजनीतिमा फुटबलरहरुको राम्रो सहभागिता देखिदैं आएको छ । यहीँ पृष्ठभूमिमा उनको आगामी मार्ग कौतुहल पूर्ण छ । उनी देशको राजनीतिक मामलामा बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् ।
ब्राजिलमा फूटबल मुलुकको संस्कृति बनेको छ । ६ पटक विश्वकप जितेर फुटबलको दुनियाँमा ब्राजिललाई विशिष्ठ स्थान दिलाउन सकेको ब्राजिल पछिल्ला ६ वटा विश्वकपमा हकदार बन्न सकिरहेको छैन ।
नेइमारले लगाएको १० नम्बरको जर्सी अब कसले लगाउने ? विश्वभर छरिएका ब्राजिलियन प्रेमीहरुको कौतुहलको विषय हो ।
तस्बिर : सामाजिक संजालबाट ।