विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको सकुशल खोजी तथा उद्धारका लागि कांग्रेसको अनुरोध
काठमाडौ, १५ साउन ।
विश्व पर्वतारोहण जगतमा नेपालको गौरवलाई अभूतपूर्व उचाइमा स्थापित गर्न सफल विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) पाकिस्तानस्थित ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्क विहीन रहेको समाचारले नेपाली कांग्रेसलाई अत्यन्त चिन्तित र मर्माहत बनाएको कांग्रेसले बताएको छ ।
शुक्रबार पाकिस्तानको ब्रड पिक आरोहण गर्ने क्रममा सोही क्षेत्रमा सम्पर्कविहीन भएको घटनालाई लिएर कांग्रेस महामन्त्री प्रदीय पौडेलले विज्ञप्ति प्रकाशीत गर्दे पार्टीलाई चिन्तित र मर्माहत बनाएको बताएका हुन् ।
पौडेलले प्रकाशीत गरेको वक्तव्यमा भनिएको छ ‘ पुर्जाले विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएको छ । उहाँकै नेतृत्वमा नेपाली पर्वतारोहीहरूको टोलीले विश्वकै दोस्रो अग्लो हिमाल .. को इतिहासमै पहिलो सफल शीतकालीन आरोहण सम्पन्न गर्दै नेपालको पर्वतारोहण इतिहासमा स्वर्णिम अध्याय थपेको थियो ।’
निर्मलले प्रकाशित गरेको द्यभथयलम एयककष्दभि पुस्तक तथा उनीमाथि निर्माण भएको ल्भताष्हि वृत्तचित्र ज्ञद्ध एभबपक स् ल्यतजष्लन ष्क क्ष्mउयककष्दभि मार्फत नेपालको पर्वतारोहण परम्परा, नेपाली पर्वतारोहीहरूको क्षमता र राष्ट्रिय गौरवलाई विश्वसामु थप उचाइमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । व्यवसायी, उद्धारकर्मी तथा सामाजिक अभियन्ताका रूपमा समेत उहाँले नेपालको पर्यटन प्रवद्र्धन, हिमाली समुदायको उत्थान, वातावरण संरक्षण र मानवीय सेवामा पु¥याउनु भएको योगदान अत्यन्त प्रशंसनीय रहेको कांग्रेसले बताएको छ।
‘निर्मल पुर्जा कुनै एक व्यक्तिको मात्र नाम होइन, उहाँ नेपालको साहस, आत्मविश्वास, अदम्य इच्छाशक्ति, अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय गौरवको सशक्त प्रतीक हुनुहुन्छ’ कांग्रेसले भनेको छ ‘ असम्भव देखिने लक्ष्यलाई सम्भव बनाउने उहाँको दृढ संकल्प र जोखिमपूर्ण परिस्थितिमा पनि मानव जीवनको संरक्षणलाई प्राथमिकता दिने उहाँको मानवीय दृष्टिकोणले उहाँलाई विश्व पर्वतारोहण समुदायमा विशिष्ट स्थान दिलाएको छ । उहाँले प्राप्त गर्नुभएको सफलता सम्पूर्ण नेपालीका लागि गर्व, प्रेरणा र राष्ट्रिय आत्मविश्वासको स्रोत बनेको छ ।’
वक्तव्यमा यस अत्यन्त संवेदनशील घडीमा नेपाली कांग्रेस श्री निर्मल पुर्जाको सकुशल खोजी तथा उद्धारका लागि संलग्न सम्पूर्ण उद्धार टोलीको सफलताको हार्दिक कामना गरेको छ। साथै पाकिस्तान सरकार, सम्बन्धित सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार संयन्त्रलाई उपलब्ध सम्पूर्ण स्रोत, साधन, प्रविधि तथा विशेषज्ञ जनशक्तिको अधिकतम परिचालन गरी खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अझ प्रभावकारी रूपमा अघि बढाउन कांग्रेसले हार्दिक आग्रह गरेको छ ।
नेपाली कांग्रेस नेपाल सरकारलाई समेत पाकिस्तान सरकार, नेपाली दूतावास तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग उच्चस्तरीय कूटनीतिक समन्वय गरी आवश्यक सबै सहयोग, सूचना आदानप्रदान तथा उद्धार प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दछ । आवश्यक परे नेपाली पर्वतारोहण विज्ञ तथा उद्धार विशेषज्ञहरूको टोली परिचालन गर्न सकिने सम्भावना समेत गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्न सरकारसँग अनुरोध गर्दछ ।
यस विषम परिस्थितिमा श्री निर्मल पुर्जाको परिवार, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण नेपाली जनताप्रति नेपाली कांग्रेस गहिरो ऐक्यबद्धता व्यक्त गर्दछ । सम्पूर्ण राष्ट्र उहाँको सकुशल खोजी तथा उद्धारको कामनामा एकताबद्ध रहेको विश्वास व्यक्त गर्दै उहाँ सुरक्षित अवस्थामा शीघ्र स्वदेश फर्किनु हुनेछ भन्ने दृढ आशा गर्दछ ।

