परीक्षार्थीलाई व्यवस्थापन संकायको ६ बुँदे निर्देशन, पालना नगरे सख्त कारबाही
मोबाइल फोन, स्मार्ट वाच जस्ता इलेक्ट्रानीक डिभाईसहरु, चिट, पुस्तक वा अन्य कुनै पनि निषेधित सामाग्रीहरु परिक्षा भवनभित्र ल्याउँन सख्त मनाही ।व्यवस्थापन डीन कार्यालयले विधार्थीहरुले परीक्षाहलमा अपनाउनुपर्ने ६ बुँदे निर्देशन जारी गरेको छ ।
काठमाडौं, ११ साउन ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरिएको प्रकरण पछि त्रिविले परीक्षा केन्द्रहरुमा अनिवार्य पालना गर्नुपर्ने नियम प्रकाशनमा ल्याएको छ ।
विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले सोमबार जारी गरेको सूचनामा परीक्षाहलमा स्मार्टवाच लगाउन नपाइने सूचना सार्वजनिक गरेको छ । विभिन्न ६ बुँदामा परीक्षा हल भित्र अपनाउनुपर्ने नियमहरु उल्लेख गरिएको सूचनाको चौंथो नम्बरमा भनिएको छ ‘ मोबाइल फोन, स्मार्ट वाच जस्ता इलेक्ट्रानीक डिभाईसहरु, चिट, पुस्तक वा अन्य कुनै पनि निषेधित सामाग्रीहरु परिक्षा भवनभित्र ल्याउँन सख्त मनाही छ ।’
सूचनामा भनिएको छ ‘व्यवस्थापन संकाय डीनको कार्यालयबाट संचालन हुने स्नातक, स्नाकोत्तर तथा एमफिल कार्याक्रममा सामेल हुने परीक्षार्थीहरुले देहायका कुरामा अनिवार्य पालना गर्न सूचित गरिन्छ ।’
सूचनामा परीक्षा परीक्षा नियम तथा आचारसंहीताको उल्लघन गर्न नहुने भनिएको छ । सूचनामा भनिएको छ ‘ परीक्षा नियम तथा आचारसंहीताका उल्लघन गरेको पाइएमा विश्वविद्यालयको परीक्षा नियमावली बमोजिम परीक्षा रद्ध हुनmे निश्चित अवधीसम्म परीक्षामा सहभागि हुनबाट बंचित गरिने तथा आवश्यक परे कानूनी कारबाही समेत हुनसक्ने व्यहोरा सबै परीक्षार्थीहरुलाई जानकारी गराइन्छ ।’
डीन कार्यालयको निर्देशन

१. परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको वैध -Authentic Admit Card) प्रत्येक परीक्षाका दिन ल्याँउनुपर्ने छ ।
२. परीक्षा केन्द्रले तोकिएको सिटमा मात्र बसेर परीक्षा दिनुपर्ने छ ।
३. केन्द्रध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा परीक्षा भवन छोडन पाइने छैन । परीक्षा प्रारम्भ भएको एक घण्टा भित्र परीक्षा भवनबाट बाहिर निस्कन समेत पाउने छैन ।
४. मोबाइल फोन, स्मार्ट वाच जस्ता इलेक्ट्रानीक डिभाईसहरु, चिट, पुस्तक वा अन्य कुनै पनि निषेधित सामाग्रीहरु परिक्षा भवनभित्र ल्याउँन सख्त मनाही छ ।
५.नक्कल गर्ने, अरुलाई सहयोग गर्ने, अरुको सट्टा परीक्षा दिने, परीक्षा संचालनमा अवरोध पु¥याउने वा परीक्षा कर्मचारी प्रति अभद्र व्यवहार गर्ने जस्ता कार्य गर्न पाइने छैन ।
६.परीक्षा अवधिभर केन्द्रध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीको निर्देशन पूर्ण पालन गनुपर्ने छ ।

