पूर्व गृह सचिव पदम पोखरलेको निधन
काठमाडौं, २९ असार ।
पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । करिव दुई महिनासम्मको अस्पतालको संघन उपचारका बाबजुद उनले शनिबार देह त्याग गरेका हुन् । पोखरेलको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । आर्यघाटमा ठूलो संख्याका पोखरेल दाजुभाई, बन्धुवान्धव, प्रशासकहरुले अन्तिम श्रद्धासुमन व्यक्त गर्दे पदमलाई बिदाई गरे ।
दुई महिनादेखी उपचाररत पोखरेलको निमोनियाका कारण निधन भएको परिवारजनको भनाई छ ।लामो समय नेपालको निजामति प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पोखरेल मुलुकमा माओवादी ‘जनयुद्ध’को पेचिलो समयमा गृह सचिवको जिम्मेवारीमा थिए । उनी माओवादीको प्रारम्भ २०५१/५२ र माओवादीको उत्कृर्ष २०५५/५७ मा गृहसचिवको जिम्मेवारीमा थिए । २०२६ सालदेखि निजामति प्रशासनमा प्रवेश गरेका पोखरेल, उनको आफ्नो समयका कुशल र जुझारु प्रशासककोरुपमा चिनिन्छन् ।
पोखरेलको ‘खण्डखण्डमा जिन्दगी, जिज्ञासा र अनुभवको इतिवृत’ पुस्तक प्रकाशीत छ । पदम पोखरेल कांग्रेसका पुराना नेता एंव पोखरेलहरुका वंशावली लेखक स्व.रेवामणि पोखरेलका छोरा हुन् । ७८ वर्षिय पोखरेलका एक छोरा, तीन छोरी छन्।
पदम पोखरेलको निधनमा, पूर्व प्रमुख निर्वाचन आयुक्त एव पूर्वगृहसचिव भोजराज पोखरेलले सामाजिक संजालमा लेखेका छन् ‘ उनले यो संसार छोडेको दिन अस्पतालको शय्यामा उनीसँग एक घण्टाभन्दा बढी समय बिताउने अवसर मिल्यो। बिदा हुने बेला मैले भनेँ, ठूलदाइ, पहिलेभन्दा धेरै राम्रो भएछ। अब म गएँ, बाइबाइ। उनले पनि हात हल्लाएर बिदा दिए। विगत दुई महिनाको निरन्तर संघर्षपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको विश्वासका साथ म अस्पतालबाट निस्किएँ। धेरैसँग उनको स्वास्थ्य राम्रो भएको खुसी पनि साटेँ। तर, दैवको लीला, त्यही साँझ उनले सधैंका लागि यो संसारबाट बिदा लिए।’
सङ्लो मिडिया पदम पोखरेलको निधनमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दे,परिवारजनमा समवेदना व्यक्त गर्दछ।

