सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग संघलाई खाद्यान्न, रक्तदान र दन्त स्वास्थ शिविर संचालन
काठमाडौं,३१ जेठ ।
गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड २५ औं वर्षमा प्रवेश गरेको छ । २०५९ देखी वित्तीय कारोबार संचालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि. २५ औं वर्षमा प्रवेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ८ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुर स्थित श्री अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएको छ ।


फाइनान्सले वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, प्रदर्शनी मार्ग, भृकुटीमण्डप काठमाडौंको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम र Guheshwori Dental Multispeciality and Implants Hub को प्राविधिक सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविर समेत सम्पन्न गरेको संस्थाले जनाएको छ ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत संस्थाले विगत देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आईरहेकोेमा आगामी दिनहरुमा पनि यसै गरी निरन्तरता दिनेमा प्रतिबद्वता जनाएको छ ।


मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै Corporate pay, E-sewa, connect IPS service, RTGS, Fonepay, Nepal Pay QR, QR Teller, Safe deposit लकर सेवा, डिम्याट खाता, विप्रेशण सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ।