कूल ग्राहस्थ उत्पादनमा कुन प्रदेशको योगदान कती ?
कुल ग्राहस्थ उत्पादन ६६ खर्ब ९ करोड मध्ये प्रदेशगत योगदानमा बागमति प्रदेश अग्रस्थानमा छ भने कर्णाली पुछारमा छ ।
काठमाडौं, १४ जेठ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ कुल ग्राहस्थ उत्पादन ६६ खर्ब ९
करोड मध्ये प्रदेशगत योगदानमा बागमति प्रदेश अग्रस्थानमा छ भने कर्णाली पुछारमा छ । योगदानको आधारमा सुदुरपश्चिम छैठौं नम्बरमा, गण्डकी पाँचौ नम्बरमा, मधेश चौथोमा, लुम्बिनी, तेश्रोमा कोशी, दोश्रो स्थानमा रहेका छन् ।

प्रतिशतका आधारमा कर्णालीको योगदान ४ दशमलव २ प्रतिशत छ । सुदुरपश्चिम ७ प्रतिशत, गण्डकी ९ प्रतिशत, मधेश १३ दशमलव एक प्रतिशत, लुम्बिनी १४ दशमलव २ प्रतिशत, कोशी १५ दशमलव ८ प्रतिशत र बागमतिले ३६ दशमलव ७ प्रतिशत योगदान गरेका छन् ।
कुल योगदानमा पाँचौ स्थानमा रहेको गण्डकी औधोगिक योगदानमा भने सबै प्रदेशलाई उछिनेको छ । गण्डकीको औधोगिक योगदान १९ प्रतिशत, कोशी १७ दशमलव ७ प्रतिशत, लुम्बिनी १५ दशमलव ३ प्रतिशत, बागमति १२ दशमलव २ प्रतिशत, मधेश १२ दशमलव २ र कर्णाली १० दशमलव एक पतिशत छ ।
प्रतिव्यक्ति कूल आयका आधारमा बागमति अग्रस्थानमा रहेको छ भने मधेश सबै भन्दा कम आयको प्रदेश भएको छ । प्रतिव्यक्ति आयमा बागमतिबासि २ हजार ६ सय ४४ अमेरिकी डलर छ । गण्डकीको प्रतिव्यक्ति आय १ हजार ५ सय १३ छ भने कोशीको १ हजार चार सय १० छ । लुम्बिनीको एक हजार दुईसय ८ छ भने सुदुरपश्चिम एक हजार एक सय ७० रहेको छ । कर्णालीको एक हजार एक सय ८ र मधेशको प्रतिव्यक्ति आय ९ सय ३४ मात्र छ ।
जनसंख्या, यातायातको पहुँच र खेतियोग्य जमिनले धनी मधेश प्रदेश सबैजस्तो समुहगत योगदानमा पछाडि परेको छ । कृषि उत्पादनमा कोशी पहिलो र दोश्रोमा मधेश छन् । कोशीको योगदान २१ दशमलव ४ प्रतिशत, मधेशको १९ प्रतिशत, लुम्बिनी र गण्डकी १७ दशमलव ६ प्रतिशत र सुदुरपश्चिम ९ दशमलव ८ प्रतिशत रहेको छ ।

