चुनावी ब्यूरोलाई ७ प्रदेश, ७५३ गाउँ-नगरपालिका र ६,७४३  वडाको विस्तृत निर्वाचन तथ्याङ्क (comprehensive database) तयार गर्ने। पछिल्लो निर्वाचन र अघिल्लो निर्वाचनको तुलनात्मक अध्ययन (comparative analysis), मत परिवर्तन (vote swing analysis) विष्लेषण, मतदान सहभागिता (turnout behavior) विश्लेषण र मतदाता मनोविज्ञान विष्लेषण गर्ने जिम्मेवारी तोकिएको छ ।

काठमाडौ, ७ जेठ।

नेपाली कांग्रेस चुनावको तयारी जुट्न थालेको छ । पार्टी सभापति गगनकुमार थापाले प्रदेश तथा स्थानीयतह निर्वाचन केन्द्रीत पार्टीको ब्यूरोमा सदस्यहरु मनोनित गर्दे समितिलाई कायादेश समेत तोकेका छन् । पार्टी उपसभापति एवं प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत नेपाली कांग्रेस निर्वाचन व्यूरो संयोजक पुष्पा भुसाल संयोजकत्वमा रहेको ब्यूरोमा १७ सदस्य मनोनित गर्दे कार्यदेश (टिओआर) सहित जिम्मेवारी तोकेका छन् ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले पार्टीका उपसभापति श्री पुष्षा भुसालको संयोजकत्वमा गठित प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत नेपाली कांग्रेस निर्वाचन व्यूरोको सदस्यमा देहायका व्यक्तिहरुलाई मनोनयन गरी निम्न अनुसारको कार्यदेश (टिओआर) सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।’

चुनावी ब्यूरोलाई मुलुकभरका सबै स्थानीयतहसम्म पहुँच स्थापित गर्दे तथ्य, तथ्याङ्गहरु संकलन, त्यसको विश्लेषण लगायतका काम गर्ने भनिएको छ । पार्टीले दिएको कार्यदेशमा भनिएको छ :

कांग्रेस निर्वाचन ब्युरोको कार्यादेश

उद्देश्य:

  • पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने,
  • निर्वाचन तयारीलाई तथ्याङ्क-आधारित (data-driven) र वैज्ञानिक बनाउने,
  • ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेश स्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने,
  • मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने,
  • स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने,
  • पार्टीको निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने।

चुनावी ब्यूरोका सदस्यहरु

१. जीवन परियार                — कास्की

२. अब्दुल सत्तार                — गोरखा

३. नानु बास्तोला                — काठमाडौं

४. सन्दीप राना                  — पाल्पा

५. वंशलाल तामाङ             — सिन्धुपाल्चोक

६. प्रकाश तिवारी               — स्याङ्जा

७. महेश ढुङ्गेल                — काठमाडौं

८. दीपक महतो                 — सर्लाही

९.  हरि पोखरेल                  — झापा

१०. सुदर्शन आचार्य              — सिन्धुपाल्चोक

११. रोहित पौडेल                 — काठमाडौं

१२. भुमीराज चापागाईं          — नवलपुर

१३. सिद्धार्थ थापा                — धनकुटा

१४.  नवराज त्रिपाठी              —  बारा

१५. तेज बिनोद पौडेल           — स्याङ्जा/हाल : अमेरिका

१६. जगनाथ लामिछाने          — काठमाडौं

१७. मिलनराज बर्तौला           — काठमाडौं

Technical Expert Committee

  • निर्वाचन व्युरो अन्तर्गत ७ जना विज्ञहरूको प्राविधिक समिति रहनेछ। जसमा Data Analyst, Researcher, Political Strategist, Campaign Strategist, Digital Expert रहनेछन।

Operational Team

  • व्युरो अन्तर्गत कार्य समुह (Operational Team) र इकाई रहनेछन।
  • यस अन्तर्गत प्रदेश स्तरमा प्रदेश संयोजकहरू रहनेछन्, जसले आफ्नो प्रदेशभित्र सूचना संकलन तथा व्यवस्थापनको कार्य गर्ने।
  • प्रदेश संयोजक अन्तर्गत जिल्ला तथा स्थानीय तहमा सूचनादाता (field informants) रहनेछन, जसले नियमित रूपमा स्थानीय स्तरका जानकारी उपलब्ध गराउनेछन।

कार्यविवरण

  • ७ प्रदेश, ७५३ गाउँ-नगरपालिका र ६,७४३  वडाको विस्तृत निर्वाचन तथ्याङ्क (comprehensive database) तयार गर्ने।
  • पछिल्लो निर्वाचन र अघिल्लो निर्वाचनको तुलनात्मक अध्ययन (comparative analysis), मत परिवर्तन (vote swing analysis) विष्लेषण, मतदान सहभागिता (turnout behavior) विश्लेषण र मतदाता मनोविज्ञान विष्लेषण गर्ने।
  • देशव्यापी सर्वेक्षण सञ्चालन गर्ने, मतदाता भावना (voter mood), विश्वास स्तर (trust level) र प्राथमिकता (issue priority) मापन गर्ने, मनोविज्ञान विश्लेषण गर्ने, सर्वेक्षणका आधारमा नीति तथा घोषणापत्र सुधार गर्न सुझाव दिने।
  • प्रत्येक वडा, गाउँ नगरपालिका र प्रदेशका लागि छुट्टै निर्वाचन रणनीति तयार गर्ने।
  • जनताको वास्तविक मनोभाव, असन्तुष्टि, प्राथमिकता तथा स्थानीय स्तरका मुद्दाहरूको निरन्तर पहिचान र विश्लेषण गरी व्युरोलाई प्रतिवेदन उपलब्ध गराउने।
  • यस अन्तर्गत प्रदेश स्तरमा प्रदेश संयोजकहरू रहनेछन्, जसले आफ्नो प्रदेशभित्र सूचना संकलन तथा व्यवस्थापनको कार्य गर्ने।
  • प्रदेश संयोजक अन्तर्गत जिल्ला तथा स्थानीय तहमा सूचनादाता (field informants) रहनेछन, जसले नियमित रूपमा स्थानीय स्तरका जानकारी उपलब्ध गराउने।
  • चुनावी तयारी, उम्मेदवार छनोट तथा अभियान रणनीतिमा आवश्यक समायोजन गर्न सहयोग गर्नेछन।
  • गाउँ-नगरपालिका तथा वडास्तरसम्म फैलिएको सञ्जालमार्फत जनमत, स्थानीय मुद्दा, राजनीतिक धारणा तथा तत्कालका मुद्दाको निरन्तर संकलन गर्ने।
  • सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट पनि जनमतको प्रवृत्ति (sentiment trends) विश्लेषण गर्नेछन ।
  • नियमित रूपमा “Trend Analysis” तयार गर्नेछ, जसले निर्वाचन ब्युरोलाई क्षेत्रगत रणनीति निर्माणमा सहयोग पुर्‍याउनेछ।
  • कुनै विशेष क्षेत्र वा विषयमा देखिएको असन्तुष्टि वा राजनीतिक परिवर्तनलाई प्रारम्भमै पहिचान गर्नेछन।
  • साप्ताहिक रूपमा संक्षिप्त “Update” निर्वाचन ब्युरोलाई उपलब्ध गराउनेछन, जसले तत्कालीन जनमतको अवस्था प्रतिबिम्बित गर्नेछ।
  • मासिक रूपमा विस्तृत विश्लेषणात्मक प्रतिवेदन तयार गर्नेछन, जसमा क्षेत्रगत प्रवृत्ति, प्रमुख मुद्दा तथा सम्भावित चुनावी प्रभाव समावेश गर्नेछ।
  • इकाईले विशेष वा संवेदनशील विषयहरूमा तुरुन्त “Alert Reports” तयार गरी जानकारी दिनेछन।
  • कार्य समुह र इकाइले आफ्नो कार्यसम्पादनमा तथ्यपरकता, निष्पक्षता तथा गोपनियता कायम राख्नुपर्नेछ।
  • संकलित सूचनाहरू कुनै पनि प्रकारको व्यक्तिगत वा राजनीतिक प्रभावबाट मुक्त रहँदै यथार्थपरक रूपमा प्रस्तुत गर्नुपर्नेछ।

 अपेक्षित उपलब्धी

  • देशव्यापी निर्वाचन डाटाबेस निर्माण हुनेछ।
  • वैज्ञानिक उम्मेदवार छनोट प्रणाली हुनेछ।
  • मतदाता भावना आधारित घोषणापत्र निर्माण हुनेछ।
  • स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय हुनेछ।
  • पार्टीको निर्वाचन प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ।