पानी र बोटबिरुवाबीच अन्तर्निहित सम्बन्ध हुन्छ, त्यसको संरक्षण गरौं
नेपालमा रहेका रुखबिरुवाहरुको विनाश तथा खोलानालाको दोहनका कारण मधेशमा मात्र होइन सबै क्षेत्रमा पानीको अभाव देखिन थालेको छ । पानीको अभावका कारण ठुलो सामाजिक, आर्थिक समस्या आउँने निश्चित छ ।
कृषि कर्म गर्दा रासायनीक मलको प्रयोगले माटोमा रहेका गड्यौला लगायत अनेकौं फाईदा कारक किराहरुको विनास भइरहेको छ । पाङ्गारिक मल वा प्राकृतिक मल प्रयोग गर्दा माटोमा रहेका किराहरुले खान पाउँछन् । यिनीहरुले माटोमा रहेका अनेकौ छिद्र बनाउँछन् जसले गर्दा बर्षायाममा परेको पानी यिनै छिद्रहरु मार्फत माटो भित्र पस्दछ ।र, पछि गर्मियाममा वाफ बनि माथि आउँछ । यसरी बोटबिरुवाहरुले यसरी पानीको संचय गरी खडेरी पर्न दिदैनन्।
भारतका शुन्य लागत खेतिका जनक पदश्री सुभाष पालेकरले जमिन मुनि गएको पानीको लेभल पाँच तहको(layer )खेति पद्धति अपनाएर जमिन मुनि संचित रहेको पानीले जमिन माथि कसरी संचार हुन्छ भन्ने कुरा प्रमाणित गरिदिएका छन् ।
नेपालमा पनि सो पद्धति अपनाएर जमिन मुनि पसेको पानीको लेभललाई माथि ल्याउन सकिने छ । तराईमा सिंचाई गर्न सरकारले डिप बोरिङ्गबाट सिंचाई गर्ने नीति लिएको छ । जुन अपरिपक्व कदम हो । यसले अन्य साना चलिरहेका बोरिङ्गहरुलाई समेत सुकाउने काम गर्नेछ । चुरे बन संरक्षणका संयोजक सुनिल कुमार यादवको नेृतृृत्वमा राजधानीमा गत वर्ष मधेश प्रदेशका नेपालीहरुले १०२ दिनसम्म खाली ग्रार्गि डोल लिएर आन्दोलन गरे । तर, त्यसको कुनै सुनवाई भएन । खानेपानीमा देखिएका चुनौतीहरुमा सरकारले ठोस कदम चाल्न सकेको छैन । आज खानेपानीको समस्याले विकराल रुप लिएको छ । जसका कारण कतिपय मानव वस्ती बसाई सर्न वाध्य छन्।
केही उदाहरण लिऔं । सर्लाही जिल्लाको फूलजोर नजिकै सारनाथ वन पर्दछ । उक्त ठाउँ देखि १० किलोमीटर दक्षिणमा इलाका प्रहरी कार्यालय भक्तिपुर पर्दछ । जहाँ मेरो मामा घर पनि हो ।३५, ४० वर्ष अघिसम्म मामाघर जाँदा ट्युबवेलबाट आफै प्राकृतिक रुपमा पानी अनवरत आइरहन्थ्यो ।पछिल्ला वर्षहरुममा भक्तिपुरको पानीको सतह बिथोलिएको छ । स्वार्थी तत्वहरुले वन विनास गरी लगाइएका विशाल सालका रुखहरु कटान गरी गुणस्तरहीन सेतो रङ्गको मसलाका रुखहरु लगाएपछि भक्तिपुरका ट्यवबेलमा आफै पानी आउँन बन्द भयो ।
यता सप्तरी जिल्लाको क्षेत्र नं १ मा पर्ने महुली सामुदायिक वन क्षेत्र तीन दशक अघिसम्म मरुभूमिको रुपमा थियो । त्यहाँ केबल स्याल र खिरखिरेले पारेका प्वाल देखिन्थे । उक्त ठाउँमा भारतबाट लखेटिएका नेपालीहरु, पहाडबाट बसाईसराई गरेर आएकाहरुको बाहुल्यतामा रहेको छ । उनीहरुले उन्नत किसिमको गाई तथा बाख्रा पालन व्यवसाय थाल्नाको साथै घाँसकोरुपमा सामुदायिक वनमा घास, डाले घास लगाउन थाले । उनीहरुले डाले घासका बोटहरु प्रशस्त लगाए । बोटका पात र हाँगाहरु मात्र काटे । फलस्वरुप घास दाउरा गर्न टाढा जानु परेन । गाई पालनबाट उत्पादीत दूधको बिक्रीका लागि सामुदायिक दुग्घ सहकारी खोल्ने काम गरे । सो सहकारी नेपालका सहकारी मध्ये तेश्रो स्थानमा पर्दछ । अहिले महुलीको मरुभूमि खुख्खा जमिनको अनुभव हुँदैन । किसानहरु वर्षेनी तीन बालि लिन्छन् । साना साना समरसियल बोरिङ्ग संचालनमा छन् । खेतिपाती, पुशपालन, वन जङ्गको संरक्षणका कारण सुख्खा महुलीमा पानीको संचय हुन थाल्यो । अहिले आएर महुली हरियाली मनमोहक स्थान बनेको छ ।
नेपाल सरकारले निजगढ अन्तराष्र्टिय विभानस्थल बनाउने निर्णय गरी डिपिआरको काम समेत सकेको बुझिएको छ । द्रुत मार्ग बनाउँदा हजारौ रुखहरुको विनाश भएको छ भने अब बन्ने भनिएको विभानस्थल बनाउँदा संरक्षित विशाल जङ्गल मासिन्छ । ठूलो संख्यामा विरुवाहरुको विनास हुने हुँदा मधेश प्रदेशमा पानीको अभाव हुने खतरा सामुन्ने छ । ठूला रुखहरुले जमिन मुनिको पानीलाई माथि ल्याउने गर्दछन् । संरक्षित रुखहरुको विनाश हुँदा त्यहाँ रहेका जीवजन्तु चराचुरुङ्गिको बासस्थान समेत नाश हुने हुन्छ, जसले वातावरणीय तथा पर्यटकीय व्यवसायमा ठूलो आघात पार्दछ ।
भारतको जनसंख्या एक अरब चालिस करोड छ भने नेपालको ३ करोेड छ । भारतमा ३६ वटा अन्तराष्र्टिय विभानस्थल छन् । यता नेपालमा ३ वटा छन् । तीनवटा मध्ये सबै भन्दा पहिलादेखि संचालनमा आएको काठमाडौं स्थित त्रिभुव अन्तराष्ट्रिय विभानस्थलले केही व्यस्तताबीच सेवा दिदै आएको छ । भैरहवा स्थित गौतमवुद्ध अन्तराष्ट्रिय विभानस्थल र पोखरा स्थित अन्तराष्ट्रिय विभानस्थल खासै संचालन हुन सकेका छैनन् । तीनवटा भैरहेका विभानस्थल सबै राम्रोसँग सचालन हुन नसकिरहेको समयमा अर्को अझ ठूलो लगानीमा निजगढमा अन्तराष्ट्रिय निर्माण गर्नु औचित्यपूर्ण छैन । यता भक्तिपुरको पानीको सतह बिथोलिएको छ । स्वार्थी तत्वहरुले वन विनास गरी लगाइएका विशाल सालका रुखहरु कटान गरी गुणस्तरहीन सेतो र.गको मसलाका रुखहरु लगाएपछि भक्तिपुरका ट्यवबेलमा आफै पानी आउँन बन्द भयो ।
फास्टट्रयाक निर्माण सम्पन्न भएपछि निजगढ विभानस्थलसम्म त्रिभुवन विभानस्थलबाट आइपुग्न डेढ घण्टामात्र लाग्ने बताइदै छ । यस आधारमा पनि निजगढ विभानस्थलको औचित्य देखिदैन । काठ र जमिनका माफिकाहरुको स्वार्थमा मुलुकको श्रोत साधनको विनास नहोस् ।
हाम्रा नेताहरुले जलवायू परिवर्तनको जिम्मेवारी औधोगिक राष्ट्रहरुले लिनुपर्ने र त्यसको क्षतिपूर्ति नेपालले पाउँनुपर्ने माग राखिरहेका छन् । जबकी आफै नेपाल पनि कम जिम्मेवार छैन । नेपालका चुरे तथा महाभारत पर्वतमा रहेको हरियो वनजंगलको विनास सक्छ ।
बस्र्योनी पहाड तथा तराईबाट मानिसहरु बसाई सराई सर्न वाध्यछन् भने भूक्षयका कारण बाढीपहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षती भैरहेको छ । त्यसलाई रोकी व्यापकरुपमा बृक्षा रोपण गर्नुपर्ने देखिन्छ भने रुख कटानलाई कडाइकासाथ नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।
यसैगरी बन्यजन्तुहरु आहारा तथा पानीको खोजिमा जंगल छाडी गाउँ पस्न वाध्यछन् । बोट बिरुवाले पानीको जलस्तर बढाउने, अक्सिजन दिने, भूक्षय रोक्न, तापमान नियन्त्रण गर्ने जस्ता अनेकौ काम गर्दछन् । जमिन भित्रको पानी र बोटबिरुवाबीच अन्तर्निहित सम्बन्ध हुन्छ, त्यसको संरक्षण गरौं ।

