माथिल्लो कक्षामा अध्ययन गर्न पाउँने करिव ६६ प्रतिशत मध्ये उच्च ग्रेडमा पास हुने करिब ११ प्रतिशतमात्र छन् ।

काठमाडौ,२९ वैशाख ।
सार्वजनिक भएको कक्षा १० अर्थात एसईइको परीक्षाफलले फेरी नेपाली किशोरको अध्ययन स्तर औसत पढाइको स्तर सार्वजनिक गरेको छ, जसलाई शिक्षा अधिकारीहरुले सुधारोन्मुख भनेका छन् ।
सोमबार प्रकाशीत रिजल्टले ६५ दशमलव ९८ प्रतिशत पास भएको अर्थात माथिल्लो कक्षामा अध्ययन गर्न पाउँने भएका छन् । तथ्याङ्गले एक तिहाई ३४ प्रतिशत विद्यार्थी नन्ग्रेडेड पाप्त गरेका छन् । तथ्याङ्कले स्पष्ट भन्दछ, एक तिहाई विद्यार्थीको अवस्था अत्यन्त कमजोर छ ।
ग्रेडका आधारमा उच्च अंक ३ दशमवल २ देखि ४ जिपिए ३ ल्याउँनेहरु ३० प्रतिशतको हाराहारीमा छन् दोश्रो २ दशमलव ८ देखि ३ दशमलव २ सम्म अंक प्राप्त गर्ने करिव २२ प्रतिशत छन् भने करिब १५ प्रतिशतले औसत स्तरको नम्बर प्राप्त गरेको देखिन्छ ।

देशभरबाट यस वर्ष परीक्षामा सहभागी भएका कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्। माठिल्लो कक्षामा अध्ययनको ढोका बन्द भएका विद्यार्थीहरुको संख्या १ लाख ४६ हजार ५ सय ७ छन् ।

ग्रेडगत विवरण अनसार सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्। २.८० देखि ३.२० जीपीएस् ९४,२२२ जना,२.४० देखि २.८० जीपीएस् ५५,९७७ जना। त्यस्तै, २.०० देखि २.४० जीपीएस् ५,१९० जना छन् भने १.६० देखि २.०० जीपीएस् ७ जनामात्र छन् ।
श्रेणी श्रृखलाका आधारमा तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा उच्च जिपिए ल्याउनेहरुको संख्या करिव ११ प्रतिशतमात्र छ । दोश्रो श्रेणी ३ दशमलव २ देखि ३ दशमलव ६ ल्याउनेहरुको संख्या १९ प्रतिशत छ । यस आधारमा माथिल्लो श्रेणी प्राप्त गर्नेहरु ३० प्रतिशतको हाराहारीमा छन् । तेश्रो श्रेणीमा उर्तिण हुनेहरुको संख्या करिब २२ प्रतिशत छ भने चौथो र पाँचौ श्रेणीमा उर्तिण हुनेहरुको संख्या करिब १४ प्रतिशत छ । कुनै पनि ग्रेड प्राप्त गर्नेहरुको संख्या ३४ प्रतिशत हाराहारी छ ।
एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी पाउँने छन्। बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ । दुई भन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने छ। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा विगतका वर्षहरूको तुलनामा सन्तोषजनक रहेको र शिक्षाको गुणस्तर सुधारोन्मुख देखिएको दाबी गरेको छ।