बद्लिएको काग्रेसले प्रदेशहरुमा विगतको नेतृत्वले गरेको समीकरणलाई नविकरण गर्ने हो वा नयाँ शिराबाट अगाडि बढ्ने हो ?यही अनुत्तरित प्रश्नमा अल्झिएको देखिदैंछ बागमतिको सभामुखपद ।

काठमाडौं, १४ वैशाख ।
बागमति प्रदेश्मा सभामुख विहिन भएको ६ महिना बितिसक्ता पनि जिम्मेवार राजनीतिक पार्टी नयाँ सभामुखको नियुक्तिमा गम्भीर भएका छैनन् । प्रतिपक्षीको बारम्बारको दबावबीच सभामुख चयनमा हतार नगर्नुको पछाडि बद्लिएको कांग्रेसले कस्तो नीति लिने भन्ने हो । कांग्रेस नेतृत्वले विगतमा भएका प्रदेशस्तरका राजनीतिक सहमतिलाई नविकरण गर्ने हो वा नयाँ शिराबाट अगाडि बढ्ने हो ? त्यसैमा निर्भर देखिन्छ बागमतिको सभामुख पद ।

विशेष गरेर नेपाली कांग्रेस,एमाले, नेकपा र राप्रपाबीचको शक्ति सन्तुलन र संभाव्य समीकरणमा
सत्ता र सभामुख प्याकेज डिल हुनसक्ने अनुमान गर्देछन् कांग्रेसका जिम्मेवार नेताहरु ।

राप्रपाबाट सभामुखमा नियुक्त भुवनकुमार पाठकले जेनजि ब्रिदोह र विध्वंशको लगत्तै राजीनामा दिएपछि खालि रहेको सभामुख पदकाबारेमा सामान्य छलफल हुने गरे पनि के गर्ने भन्ने निचोडमा प्रमुख दलहरु पुगेका छैनन् ।

विशेष गरेर नेपाली कांग्रेस,एमाले, नेकपा र राप्रपाबीचको शक्ति सन्तुलन र संभाव्य समीकरणमा
सत्ता र सभामुख प्याकेज डिल हुनसक्ने अनुमान गर्देछन् कांग्रेसका जिम्मेवार नेताहरु ।

केन्द्रको राजनीतिमा आएको व्यापक परिवर्तन पछि बागमति प्रदेशको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले निर्णय लिन सकेको देखिदैन । साता अघि प्रदेश प्रमुख एव नेपाली कांग्रेस बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग काग्रेसको नेतृत्वले सामान्य छलफल गरेर अहिलेका लागि त्यत्तिकै छोड्ने मनस्थिति बनाएको बुझिन्छ ।

बागमति प्रदेशमा कुनै पनि दलको बहुमत छैन । नेपाली कांग्रेस,एमाले,अहिलेको नेकपा र राप्रपा प्रभावशाली छन् प्रदेशमा संसदको गणितका आधारमा । कूल १ सय १० सदस्य रहेको प्रदेशसभामा हाल १०४ जना सदस्यमात्र कायम छन् । प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, राप्रपाका सुनिल केसी, एमालेका युवराज दुलाल, बसन्त मानन्धर, अमनकुमार मास्के र प्रकाश श्रेष्ठले निर्वाचनमा उमेदरवार हुन् राजीनामा गरेका थिए ।

१०४ जनाको प्रदेशसभामा अहिले नेपाली कांग्रेसका ३५ एमालेका २५ नेकपाका २६ राप्रपाका १३ नेमकिपा ३ हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
प्रदेशसभा प्रवक्ता प्रकाश चापागाई, सभामुख पदबारे राजनीतिक दलहरुबीच छलफल भएको भएपनि संसदमा प्रवेश नपाएको बताउँछन् । ‘राजनीतिक दलहरुबीच तालमेल हुनपर्ने हो, हुन नसकेको बुझिन्छ’ चापागाईले भने ‘ राजनीतिक दलहरुबीचको शक्ति सन्तुलनका कारण हुनसक्छ ।’

बागमति प्रदेश सरकार नेपाली कांग्रेसको नेतृत्वमा छ । इन्द्रबहादुर बानियाँ मुख्य मन्त्री छन् । उनीनै कांग्रेसको प्रदेश सभापति पनि हुन् । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सर्तमा सुरुमा कांग्रेसले नेतृत्व पाएको राजनीतिकवृतमा चर्चा छ ।
नेपाली कांग्रेसको आन्तरिक राजनीतिक खिचलोबीच बानियाँ कांग्रेसका बहादुर सिंह लामालाई अविश्वासको मतबाट अपदस्त गरेर साउन दोश्रो साता मुख्यमन्त्री बनेका थिए । अहिले कांग्रेसको नेतृत्वमा आमूल परिवर्तन आएको छ । कांग्रेसजनको भाषामा बद्लिएको छ कांग्रेस । एमाले लगायतका दलहरुसँग प्रदेश सरकारबारे विगतमा गरिएका सहमति र बनेका समीकरण वर्तमान नेतृत्वले के गर्ने ? गंम्भीरतापूर्वक गृहकार्य गरेको पाइदैन । काग्रेसको एक जिम्मेवार नेताका अनुसार हाललाई बागमतिको सभामुख पद थाति राख्ने र प्रदेश सरकारका बारेमा समग्रमा निर्णय लिने रणनीति छ । बागमतिको हकका सरकार, सभामुख प्याकेजमा डिल हुने बलियो संभावना औंल्याउँछन् उनी ।

अहिले उपसभामुख अप्सरा चापागाई छन् ।चापागाई एमालेबाट उपसभामुख बनेकी हुन् । संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीबाट र राजनीतिक दलबाट हुनु नहुने प्रावधान छ । परिवर्तित अवस्था खास गरेर नेपाली कांग्रेसको नेतृत्वमा आएको बद्लावको कारण तत्काल कुनै निर्णय नहुने देखिन्छ । हिजोको सहमतिमा नेपाली कांग्रेस, एमाले र राप्रपाबीच आपसपमा तालमेल भएको थियो ।

आउँदो समीकरण यसैगरी जाने हो ? वा होइन ? कांग्रेस प्रवक्ता देवराज चालिसे, कांग्रेसले मात्र एक्लै निर्णय लिन नसक्ने विषय भएको बताउँदै भन्छन् ‘ सबै दलहरुसँग छलफल र संवाद आवश्यक छ । बागमतिको सभामुखबारे सामान्य कुराकानीमात्र भएको छ ।’

नेकपाका सांसद शालिकराम जमकट्टेल सभामुखपद लामो समय खालि राख्न हुदैन भनेर आफूहरुले बारम्बार कुरा राखिरेको बताउँछन् । शालिकराम भन्छन् ‘हाम्रो दाबि सभामुखमा छ । निर्वाचन हुँदा हामी सभामुखमा उमेदवारी दिन्छौं ।’ कांग्रेस एमालेबीच आपसमा कुराकानी नमिलेको कारण सभामुखपद खालि रहेको उनी बताउँछन् । ‘हामीले धेरै पटक भन्यौं, संसदीय पद्धति र विधिको कुरा हो । सभामुख भनेको व्यवस्थापिकाको प्रमुख हो’ शालिकराले भने ‘काग्रेस एमाले आलोपालोको कुरा पनि गर्दछन् । उनीहरुको आपसमा कुरा मिलेको छैन । त्यसैले अहिले हतार छैन भन्दैछन् ।’

पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, सभामुखको चयन लगायतका संसदका मामला मुख्यमन्त्री बानियाँको प्रमुख दायित्व भएको बताउँछन् । लामा, मुख्यमन्त्री बानियाँले सभामुख पदबारे निर्णय दिन अलमल गरेको बताए । ‘मुख्यमन्त्रीलाई हतार छैन जस्तो छ, पार्टीमा सामान्य छलफल भएको छ’ लामाले भने ‘ अब बर्षे अधिवेशन पनि बस्ने बेला भयो, जेठको दोश्रो सातासम्ममा सरकारको नीति तथा कार्यक्रम पनि आउँनुपर्ने हो ।’

बद्लिएको काग्रेसले प्रदेशहरुमा विगतको नेतृत्वले गरेको समीकरणलाई नविकरण गर्ने हो वा नयाँ शिराबाट अगाडि बढ्ने हो ?यही अनुत्तरित प्रश्नमा अल्झिएको देखिदैंछ बागमतिको सभामुखपद । पूर्व सहमति अनुसार असार पछि प्रदेशको नेतृत्व एमालेले लिनुपर्ने,दिनुपर्ने हो । बद्लिएको कांग्रेसको रणनीति के कुने ? जिम्मेवार कांग्रेसजन बागमतिको सत्ता र समामुख प्याकेजमा डिल गर्नुपर्ने बताइरहेका छन् ।

नेकपाका प्रभावशाली नेता शालिकराम, नयाँ समीकरणबारे पार्टीमा खास छलफल नभएको बताउँछन् । ‘समीकरणको कुरा होइन’ शालिकराम भन्छन् ‘ हामि सरकारमा जाने भन्ने कुरा अहिलेको चासोको विषय होइन ।’
बागमतिको संसदमा चारवटा दल प्रभावशाली छन् । नेपाली कांग्रेसलाई एमाले वा नेकपा दुई मध्ये जो कोहीसँगको समीकरण लाभकारी हुनसक्छ । ३५ सांसद रहेको कांग्रेस सबै भन्दा ठुलो दल हो, बागमतिमा । अहिलेको प्रदेशसभामा एकतिहाइको हैसियत छ उसको । नेकपाका २६ र एमालेका २५ सांसद छन् । एमाले माओवादीको समीकरण बनेको अवस्थामा १ मतमात्र कम हुन्छ बहुमतका लागि । यसका लागि नेमकिपा, हाम्रो पार्टी वा अलिक ठुलो हैसियतको राप्रपाकोसाथ र समर्थन आवश्यक हुन्छ । कांग्रेस, एमाले वा माओवादी, कांग्रेस दुबै समीकरण सुबिधाजनक बहुमतका हुने हुन्छन् ।

जेनजि विद्रोहको पृष्ठभूमिका रचिएको विध्वंशबाट ध्वस्त भएको छ बागमति प्रदेशसभा । चैतमा ३ दिन प्रदेशसभा बैंठक हेटौडा उपमहानगरपालिकाको सभाहलका बसेको थियो । बर्षे अधिवेशन पनि त्यहीँ सभाहलमा हुने संभावना छ । वर्षे अधिवेशनमै नयाँ सभामुख र सरकार प्राप्त गर्ने हो बागमतिले ? संभावनाबीच संशय पनि उत्तिकै छन् । समग्र पदेश प्याकेज डिलमा प्रमुख राजनीतिक दलहरुबीच के कस्तो सहमति हुने हो ? प्रदेश राजनीतिमा विशेष गरेर कांग्रेस, एमाले, माओवादीबीच कस्तो समीकरण बन्ने हो ? त्यसैमा निर्भर छ, बागमतिको संसद र सरकार प्रमुख पद ।
तस्बिर : नेपालखबरबाट साभार