काठमाडौं, १० वैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि बोलाएको संसदको बैंठक हाललाई स्थगित गरेका छन् ।
बुधबार नेपाल सरकारको ८ गतेको सिफारिसका आधारमा वैशाख १७ गते अपराह्न २ बजे दुबै संसदको बैंठक बोलाइको थियो । वैशाख १७ देखिको बैंठक पछि वर्षे बैंठक सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले स्पष्ट गरेका थिए ।
तर मन्त्रिपरिषदको सिफारिस बमोजिम बिहिबार राष्ट्रपति कार्यालयलाईले हाललाई स्थगित भन्ने सूचना सार्वजनिक गरेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले प्रकाशीत गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्‍वान हाललाई स्थगित गर्नु भएको छ ।’

बोलाईसकेको संसद अधिवेशन के कति कारणले स्थगित गरिएको हो ? सरकार र राष्ट्रपति कार्यालय दुबैले स्पष्ट गरेका छैनन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा ‘विशेष कारणवश’ भनिएको छ । के हो विशेष कारण ? सरकारका जिम्मेवारहरुले खुलाउन चाहेका छैनन । राजनीतिक वृतमा अघिल्लो दिन बोलाएको अधिवेशन भोलिपल्ट स्थगित गरिनुलाई शंकाको दृष्टिले हेरिएको छ ।