काठमाडौं, ८ वैशाख ।
मध्यपूर्वमा युद्धबिरामको घोषित समयमा पनि भिडिरहेका अमेरिका इरान आपसमा अविश्वास र संशयबीच दोश्रो पटक पाकिस्तानको इस्लाावादमा शान्तिवार्ताकालागि जुट्दैं छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिकरुपमा पाकिस्तानमा वार्ताका लागि आफ्ना प्रतिनिधि पठाउँदै आएपनि इरान कडा सर्त सहित इस्लामावाद वार्तामा इच्छुक नरहेको सन्देश दिइरहेको थियो ।
एसोसिएटेड न्यूज (एपि)सँगको कुराकानीमा दुबै देशका जिम्मेवार अधिकारीहरुले इस्लामावाद वार्तामा सहभागि हुने जानकारी दिएका छन् ।

पाकिस्तानको सक्रिय मध्यस्थतामा हुन गैरहेको वार्ताकालागि शीर्ष वार्ताकारहरू बुधबार बिहान इस्लामाबाद आइपुग्ने जानकारी दिएका छन्। समाचार एजेन्सिहरुका अनुसार, वार्ताका लागि दुबै पक्ष तयार भएर इस्लामावाद यात्राको तयारीमा छन् । इस्लामावादका समाचार अनुसार पाकिस्तानले नयाँ चरणको वार्ताको तयारी गरिरहेको छ।

ट्रम्पले ब्लूमबर्ग न्यूजलाई बुधबार समाप्त हुने भनिएको युद्धविराम नवीकरण हुन ूधेरै असम्भवू छ भनेका थिए। उता इरानका प्रमुख वार्ताकार र संसदका सभामुख मोहम्मद बाघेर कालिबाफले मंगलबार बिहानमात्र एक सामाजिक पोस्टमा लेखेका थिए ूहामी धम्कीको छायामा वार्ता स्वीकार गर्दैनौं ।’ उनले इस्लामिक गणतन्त्र ूयुद्धभूमिमा नयाँ कार्डहरू प्रयोग गर्नेू तयारी गरिरहेको बताएका थिए।
दुई साताको कमजोर युद्धविरामको म्याद २२ अप्रिल मध्यरात देखि सकिदैछ ।

पाकिस्तान दुबै देशलाई वार्तामा सहभागि गराउन प्रयासरत् रहेको छ । युद्धबिरामको समय बढाउने र संवाद वार्ता र कूटनीतिक प्रयासहरुलाई अवसरकोरुपमा लिन आग्रह गरिरहेको इस्लामावादलाई दुबै देशले एकिनसाथ सहभागिताको सुश्चिता गरेका छैनन्, तर ग्रिन सिग्नल दिएको बताइन्छ ।
यता, इस्लामावादमा सुरक्षा व्यवस्थामा कडाई थालिएको छ । इस्लामावादको तयार, दौडधुप र विशेष गरेर इरानसँगको तारन्तारको कुराकानीबाट शान्ति वार्ता फेरी पनि हुने संकेत देखिएका छन् ।
तस्बिर ः इस्लामावादको सेरेना डोटलको परिसरमा हिड्दै गरेका प्रहरी अधिकारी । यहीँ होटलमा अमेरिका इरानका प्रतिनिधिहरुबीच दोश्रो पटक शान्तिवार्ता हुने तयारी गरिएको छ । एएफपि