काठमाडौं, २ वैशाख ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले मंगलबार साँझ जारी गरेको सूचना अनुसार आज देशको हिमाली भू(भागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भू(भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षारहिमपात भईरहेको छ।

दिउँसो
कोशी प्रदेशको पहाडी भूभाग लगायत देशका हिमाली भू(भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भू(भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भू(भाग लगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
रातीः कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।