अमेरिका र इरानलाई इस्लामावादमा स्वागत गर्दे पाकिस्तान
शुक्रबारदेखी मध्यपूर्वमा दिगो शान्तिका लागि अमेरिका, इरान लगायत बहुपक्षीय छलफल आयोजना हुँदै ।
इस्लामावाद (पाकिस्तान)२६ चैत
अमेरिकाइजरायल इरान युद्ध विराम गराएर मध्यपूर्वबाट उठिरहेको अनिश्चित राजनीतिक माहौललाई नयाँ दिशा दिन सफल मध्यस्थकर्ता पाकिस्तान शुक्रबार अमेरिका,इरानलाई एउटै मञ्चमा राखेर स्वागत गर्देछ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणा पछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउँदै मध्यपूर्वमा दिगो शान्तिका लागि छलफल हुने विचार व्यक्त गरेका छन् । पाकिस्तानको निम्तालाई अमेरिका इरान दुबैले स्वागत गर्दे छलफलमा सहभागि हुने जनाएका छन् ।
Pakistan welcomes and fully supports ongoing efforts to pursue dialogue to end the WAR in Middle East, in the interest of peace and stability in region and beyond. Subject to concurrence by the US and Iran, Pakistan stands ready and honoured to be the host to facilitate meaningful and conclusive talks for a comprehensive settlement of the ongoing conflict
सरिफले दुवै देशको नेतृत्व प्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल –१० गते शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्स मार्फत आमन्त्रित गरेका छन् ।
पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान हाल तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ता रूपमा देखा परेको छ । पाकिस्तानी प्रधान मन्त्री सरिफले ’इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विस्वास व्यक्त गरेका छन् ।
तेहरान र वासिङ्टन दुवैले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनु भन्दा एक घण्टा अघिमात्र दुई हप्ताको युद्धविरामका लागि सहमति भएको बताएका छन् ।
इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरे पछि युद्ध सुरु भएको थियो । फेब्रुअरी–२८ मा सर्वोच्च इरानी नेताको हत्या भएको थियो भने तेहरानबाट प्रतिक्रिया स्वरुप खाडी राष्ट्रहरू र इजरायलमाथि जवाबी आक्रमणहरू भएको थियो ।
इरान समर्थित समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो ।
सरिफले लेबनानसहितका क्षैत्रमा युद्धविराम लागु भएको बताएका छन् । यद्यपि इजरायलले त्यस क्षेत्रमा हेजबुल्लाह विरुद्ध कारबाही गरिरहेको जनाउदै यस क्षेत्रमा युद्धविराम लागू नभएको जिकिर गरेको छ ।
इरानका सबै पावर प्लान्ट र पुलहरू नष्ट गर्ने ट्रम्पको धम्कीलाई रोक्न पाकिस्तान लगायतका मध्यस्थकर्ताहरूको आह्वानमा अस्थायी युद्धविराम भएको जनाइएको छ ।
टर्की र इजिप्टले पनि हालैका दिनहरूमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए, भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उदृत गर्दै एएफपीले जनाएको छ ।रासस/एएफपी
तस्बिर : द डाउन, पाकिस्तान
