भक्तपुर महोत्वसको तयारी तिव्र, २ लाख बढीले अवलोकन गर्ने अनुमान
महोत्सवमा १८० भन्दा बढी स्टल रहने छन् । दैनिक साङ्गीतिक प्रस्तुति -कन्सर्ट,आयोजना हुने । कृषि, हस्तकलाका सामाग्री, औधोगिक प्रर्दशनी हुने आयोजनको भनाई छ ।
काठमाडौं, २१ चैत ।
नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना गरिएको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को तयारी तीव्र पारिएको छ।औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरस्थित सल्लाघारीमा महोत्सव हुँदैछ । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दीपक थापाले जानकारी दिए । महोत्सवको तयारी तीव्र पारिएको उनको भनाइ छ ।
खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि, हस्तकला सामग्रीहरू उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिनेछ।महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्धन गरिने छ ।
महोत्सवमा १८० भन्दा बढी स्टल रहनेछन् । ती स्टलमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ। साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिनेछ।
महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ को प्रतिकृक्ति (Statue) राखिनेछ । महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिनेछ। त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना गरिनेछ ।
महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्धधन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।
महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम ९कन्सर्ट० आयोजना हुनेछ । महोत्सवमा रु पाँच करोड बढीको आर्थिक कारोबार हुने र दुई लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । रासस
