काठमाडौं, २१ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जलवायू विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार अहिले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।
आज दिउँसो
देशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षारहिमपात तथा सुदूरपश्चिम प्रदेशका तराई लगायत बाँकी हिमाली र पहाडी भू(भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको