काठमाडौं, १८ चैत ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप अप्रत्याशीतरुपमा प्रकट हुने गर्दछन् । उनले कहिले के भन्छन्, त्यसको अनुुमान गर्न कठिन हुन्छ । अमेरिकामै उनलाई मिडियाले ‘म्यान अफ अनप्रिडिक्टटेबल’ भन्ने गर्दछन् ।
पछिल्लो समय उनी भन्दैं छन्, इरान युद्ध जे भएपनि हामी अब बाँकी २ साता भन्दा त्यहाँ संलग्न हुदैनौं । उनले यसो भन्दै गर्दा के दुई सातामा युद्ध समाप्त हुने हो त ? यसै भन्न सकिन्न । इरानमा अमेरिका र इजरायल मिलेर स्थलगत आक्रमण गर्ने संभावनाहरु पछिल्ला दिनमा अझ बलियो बनिरहेको देखिन्छ । खाडीमा अमेरिकाले ठूलो संख्यामा युद्धपोत र सैनिकहरु जम्मा गरिरहेको छ । कूटनीतिक पहल र स्थल आक्रमणको चेतावनी दिने तयारीबीच लामो सयम इरानले धान्न नसक्ने निचोड पेस गरेका त होइनन् ट्रम्पले ? प्रश्नहरु अनुत्तरित छन् ।
यता, युद्धले पेट्रोलियमको मूल्यमा बढिरहेको र त्यसको प्रमुख कारण स्टे«टअफ हर्मुजमा इरानको कडा नियन्त्रण कायम हुनु हो । त्यहाँबाट इरानको अनुमति बेगरका पानी जहाज यताउता गर्न पाइरहेका छैनन् । अमेरिकामै पेट्रोलियको मूल्य उकालो लाग्न थालेपछि ट्रम्प बेलायत, फ्रान्स लगायतका मित्रहरुसँग खनिदै भन्न थालेका छन् ‘गो गेट योर अन आयल’, अर्थात ‘आफ्नो तेल आफै लिन जानु’ भन्नुका पछाडी कारण छन् । ट्रम्पको चाहना अनुसार बेलायत, युरोपियदेशहरु युद्धमा सामेल हुन चाहेका छैनन् । फ्रान्सले इरान युद्धका लागि आफ्नो आकास प्रयोग गर्न पनि दिएको छैन ।
मंगलबार इरानको मुख्य आणविक स्थलहरू मध्ये एक रहेको शहरमा अमेरिकी आक्रमणले गर्यो, प्रतिउत्तरमा तेहरानले फारसी खाडीमा पूर्ण रूपमा भरिएको कुवेती तेल ट्याङ्करमा आक्रमण गर्यो । इस्फहान शहर जुन इरानको महत्वपूर्ण सामरिक केन्द्र हो, त्यसमा ठूलो आक्रमण गरेपछि ट्रम्प उत्साहित हुँदै पोष्ट गरे भने तेहरानले कुवेती तेल ट्याङ्करमा आक्रमण गरेपछि आक्रोसित हुँदै सामाजिक सञ्जालमा लेखे ‘गो गेट योर अन आयल ।’
अमेरिका र इजरायलले इरान विरुद्ध सुरु गरेको युद्ध महिना दिन नाघेको छ । युद्धविराममका प्रयासहरु पनि भएका छन् । तर, युद्धको तनाव बद्दो छ । द्वन्द्वले इरान, लेवनन् खाडीका देशहरुमा समेत ३,००० बढीको मृत्यु भएको छ । विश्वको तेल र प्राकृतिक ग्यासको आपूर्तिमा ठूलो अवरोध पुर्‍याएको छ, जसले गर्दा विश्वव्यापी बजारहरूमा असर परेका छन् ।
इरानसँग कूटनीतिक वार्ता पनि अगाडि बढाउने र सामरिक तयारी पनि गर्देजाने ट्रम्पको नीति देखिन्छ । मंगलबार ट्रम्पले पहिले इस्फहानमा भएको आक्रमणको फुटेज पोष्ट गरेका थिए । इस्फहानमा गत जुनमा भएको अघिल्लो युद्धको समयमा पनि आक्रमण गरिएको थियो । अमेरिकाले आक्रमण गरेका तीन आणविक संवर्धन स्थलहरूमध्ये यो केन्द्रीय शहर एक मानिन्छ । विश्लेषकहरूका अनुसार इरानको अत्यधिक समृद्ध युरेनियमको धेरैजसो भाग त्यहाँ भण्डारण गरिएको हुनसक्छ।
युद्धको असर पेट्रोलियममा
पर्सको खाडीबाट निस्कने जलमार्ग, हर्मुजको जलमार्गमा इरानको पकड, जहाँबाट सामान्य अवस्थामा विश्वको पाँचौं भाग तेल ढुवानी गरिन्या् । त्यो लगभग ठप्प छ । जसले विश्वव्यापी तेलको मूल्य बढाएको छ ।
यसबाहेक इरानले खाडी राष्ट्रका क्षेत्रीय ऊर्जा पूर्वाधारमा गरेको आक्रमण गरेपछि विश्वभरका स्टक बजारहरूलाई हल्लाएको छ । धेरै आधारभूत वस्तुहरूको मूल्य बढाएको छ।
ट्रम्पले बेलायत र फ्रान्स युद्धमा प्रवेश गर्न अस्वीकार गरेका छन् उनीहरुलाई संकेत गर्दे संयुक्त राज्य अमेरिका अब कुनै मद्धत नगर्ने चेतावनी दिएका छन् । उनले व्यङ्ग पनि गरेका छन् । उनको भनाई छ ‘ इरान, मूलतः, ध्वस्त भएको छ। कठिन भाग सकियो। आफ्नो तेल लिन आफैं जानुहोस्।”

नोट : विभिन्न समाचार एजेन्सिहरुको सहयोगमा तयार गरिएको हो । तस्बिर : सामाजिक संजाल