काठमाडौं, ७ चैत।
जलबायू विज्ञान विभागले शनिबार देशभरको मौसम बादलयम हुने संभावना औल्याएको छ । विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबा दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा, हिमपातको सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।