सुदुरपश्चिम,कर्णाली र कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षारहिमपात भइरहेको छ ।

काठमाडौं, ६ चैत ।
नेपाल जलवायू विज्ञान विभागको मौसमी विवरणमा शुक्रबार दाङ र नेपालगञ्ज सहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा
ठूलो हावाहुरी चल्ने संभावना छ ।
विभागले भनेको छ ‘तीव्र हावाहुरी ९झण्डै ३३ मिटररसेकेण्ड वा करिब ११९ किमिरघण्टा० चल्ने सम्भावना रहेको छ।’
चैत्र ६ ९बिहान ६स् २० बजे०को विवरणमा सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा साधारणतया बादल लागेको छ । बाँकी भू(भागमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम, कर्णाली र कोशी प्रदेशका एक(दुई स्थानमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपात भइरहेको छ।

शनिबार भने पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने संभावना विभागले औंल्याएको छ ।
विभागले भनेको छ ‘रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’