इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरेलको दाबी
काठमाडौं, ३ चैत ।
इजरेलका रक्षा मन्त्री इजरायल कात्जले मंगलबार इजरायली सेनाको आक्रमणमा इरानका सुरक्षा प्रमुख र बासिज मिलिसियाका प्रमुख मारिएको बताएका छन् ।
कात्जले एक वक्तव्यमा इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको बताएका छन्।
फेब्रुअरी २८ मा इजरायल–अमेरिकी हवाई आक्रमणको पहिलो दिन सर्वोच्च नेता आयतोल्लाह खामेनी मारिएपछि लारिजानी सबैभन्दा उच्च पदका अधिकारी मारिएको बताइन्छ । लारिजानीको अवस्थाबारे इरानले भने कुनै प्रतिक्रिया दिएको छैन ।
कात्जले इरानको बासिज बलका कमाण्डर गोलामरेजा सोलेमानी पनि मारिएको बताएका छन्। बासिज मिलिसिया इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको नियन्त्रणमा रहेको अंशकालीन अर्धसैनिक बल हो, जसलाई प्रायः इरानभित्र प्रदर्शनहरू दबाउन प्रयोग गरिन्छ। बासिजमा १० लाख भन्दा बढी सदस्यहरु रहेको मानिन्छ ।युद्धका कारण हर्मुज जलडमरूमध्य प्रायः बन्द नै रहेको छ । विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास बोक्ने ट्याङकरहरु पारवहन गर्ने यस महत्वपूर्ण जलमार्ग अवरोध बिना संचालन गर्न त्यसक्षेत्रमा युद्धपोत पठाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प्रले गरेको आग्रहलाई बेलायत लगायत युरोपियन देशहरुले अस्विकार गरेका छन् ।
मंगलबार बिहानै दुवै पक्षबाट आक्रमण रोकिएको छैन । इरानले रातभरि इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको छ, जसले दुई हप्ताभन्दा बढी समयदेखि अमेरिकी र इजरायली हतियारको प्रहार सहेर पनि तेहरानसँग लामो दूरीसम्म आक्रमण गर्ने क्षमता अझै रहेको देखाउँछ।
इजरायली सेनाले तेहरानभरि “इरानी शासनको पूर्वाधार”लाई लक्षित गर्दै नयाँ चरणको आक्रमण सुरु गरेको जनाएको छ । यता लेवननको बेरुतमा हिज्बुल्लाहका ठेगानाहरूमा इजरेलले आक्रमण जारी राखेको छ ।इजराइलले इरानसँगको युद्ध निर्णयमा पुग्न थप थप तीन हप्तासम्म युद्ध जारी राख्ने विस्तृत योजना तयार पारेको जनाएको छ ।
तस्बिर साभार : बिबिसि विश्व सेवा
