सैनिक विद्यालयले प्राथमिक, कक्षा १ र कक्षा ६ मा नयाँ भर्ना खोल्यो
चैत १ देखि १८ सम्म आवेदन दिन सकिने, चैत २१ मा प्रवेश परीक्षा
काठमाडौं, १ चैत ।
नेपाली सेना अन्र्तगतको सैनिक महाविद्यालयले आगामी शैक्षिक सत्रकालागि विद्यार्थी भर्नाको सूचना प्रकाशीत गरेको छ । सूचनामा कक्षा ६, कक्षा १ र पूर्वप्राथमिक कक्षामा तोकिएका विद्यालयहरुमा भर्ना हुनका लागि दरखास्त आव्हान गरिएको छ ।
प्रकाशीत सूचनामा भनिएको छ ‘ अनुशासित वातावरणमा अंग्रेजी माध्यमबाट अध्ययन गराउन इच्छुक विद्यार्थीहरुलाई भर्नाका लागि दरखास्त आव्हान गरिन्छ । सैनिक विद्यालयमा सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा सर्वसाधारणका बालबालिका अध्ययन गर्न पाउँछन् ।
सैनिक महाविद्यालयले, सैनिक महाविधालय, भक्तपुर, पोखरा, धरान, सुर्खेत, चितवन, बर्दिबास र बुटबलका विद्यालयकाहरुमा कक्षा ६ का लागि आवेदन दिन सकिने जनाएको छ ।
कक्षा १ का लागि बिजेश्वरी ज्ञानमन्दिर, रिपुमर्दिनी महाविद्यालय काठमाडौंमा भर्ना गर्न सकिने बताइएको छ । त्यस्तै पूर्व प्राथमिकका लागि श्वेततारा पूर्व प्राथमिक विद्यालयमा भर्ना गर्न सकिने उल्लेख छ ।
सूचनामा कक्षा ६ का लागि बिजेश्वरीमा छात्रामात्र लिन सकिने बताइएको छ ।
विद्यालयले कक्षा ६ का लागि वैशाख १ लाई आधार मानेर ९ बर्ष पुरा भएको १२ वर्ष ननाघेको उमेर हुनुपर्ने भनेको छ । त्यस्तै कक्षा १ का लागि ४ वर्ष पुरा भएको ७ वर्ष ननाघेको हुनुपर्ने छ । पूर्व प्राथमिकमा २ वर्ष पुरा भएको अढाई वर्ष ननाघेको हुनुपर्ने छ ।
आफूले चाहेको विद्यालयमा चैत १ देखि १८ सम्म दरखास्त फर्म भर्न सकिने र चैत २१ गते सम्बन्धित विद्यालयमा लिखित प्रवेश परीक्षा हुने जनाइएको छ ।प्रवेश परीक्षा उर्तिर्ण भएकाहरुको अन्तर्वार्ता तथा शारिरिक स्वास्थ परिक्षण सबैमा पास हुनुपर्ने बताइएको छ ।
दरखास्त फाराम सम्बान्धित विद्यालयबाट वा विद्यालयको वेभ साइटबाट डाउनलोड गर्न सकिने बताइएको छ ।
सूचनामा प्रत्येक विद्यालयका वेभसाइट ठेगाना र सम्पर्क नम्बर छन् ।
सूचना

तस्बिर : विजेश्वरी महाविद्यालय ,
