पूर्वी मधेशमा घट्यो चिसो :चन्द्रगढी ९.८ डिग्रि, काठमाडौं २.२ डिग्रि ,जुम्ला माइनस ५.७ डिग्रि
काठमाडौं, २२ पुस ।
जलवायु विज्ञान विभागको मंगलबार बिहानको मौसमी विवरण अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव छ । बिहान ७ बजेको मौसमी विवरण अुसार पूर्वी नेपालमा पश्चिमको तुलनामा ह्वात्त चिसोपना बढेको छ । विभागका अनुसार यस्तोको मौसम :
दिउँसो
तराई भू(भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :९.८
ताप्लेजुङ्ग : ४.८
नूम : ७.२
लुक्ला :—०.१
बिराटनगर :९.२
राजविराज :९.२.
जनकपुर :८.७.
सिमरा ; ४.५
काठमाडौं खुमलटार : २ः२
पोखरा : ७.७.
जोमसोम : —०.६
पाल्पा : ८.५
भैरहवा, रुपन्देहीः ७
नेपालगंज :१०.०
सुर्खेत : ४.५
जुम्ला :— ५.७
जुफाल :—२.१
धनगढीः ९.५
दिपायल : ४.८
सिमिकोट, हुम्ला :—४.१
