कहाँ कति चिसो ?
तराईमा १२ पहाडमा ४ माथि हिमाली क्षेत्रमा माइनस
काठमाडौं, १५ पुस :\जल तथा मौसम विभागको मौसमी विवरण अनुसार मंगलबार बिहान ७ः ३० कहाँ कति चिसो छ त ? राजधानी काठमाडौं खुमलटारमा ४.४ सेन्टिग्रेड तापक्रम छ । पूर्वी नेपालको चन्द्रगढी एयरपोर्टमा १२.४ सेन्टिग्रेड छ भने पहाड ताप्लेजुङ्गमा ६.४ तापक्रम छ । यता हिमाली क्षेत्र लुक्लामा ०.१ डिग्रि तापक्रम, पोखरामा ९.५ सेल्सियस छ भने जोमसोममा माइनस ४ डिग्रि छ । जुम्लामा माइनस ५ डिग्रिको छ । हुम्लाको सिमिकोटमा माइनस २.६ डिग्रि तापक्रम छ ।
तराई मधेशमा १० देखी १२ डिग्रिसम्मको तापक्रम छ, मेची देखी कालीसम्म । पहाडी क्षेत्रममा सामान्यतथा ४ डिग्रि धेरै जसो स्थानमा ६, ७ डिग्रि छ भने पोखरामा ९ डिग्रि आसपास छ । हिमाली क्षेत्रमा शुन्य दशमलव १ देखी माइनस ५ सम्मको तापक्रम रेकर्ड गरिएको छ ।
दिउँसो
जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान जारी गरेको मौसमी विवरण अनुसार आज देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राती
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
