हिमाल,पहाडमा बदली, वर्षाको संभावना, तराईमा हुस्सु
काठमाडौं, १४ पुस ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो मौसमी विवरण अनुसार
सोमबार देशभर पश्चिमी वायूको प्रभाव रहने छ ।
विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
