काठमाडौं, ३१ साउन।

आज मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ, मुलुकभर बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको छ ।

बागमती, गण्डकी प्रदेशका, लुम्बिनी र कर्णाली प्रदेश तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ विभागको वर्षा सम्मन्धी रेकर्डमा उल्लेख छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशकामा वर्षाको संभावना । त्यस्तै मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले औल्याएको छ ।