पंचाङ्ग, ग्रहगोचर : आज अक्षय तृतिया, परशुराम जयन्ती
अक्षय तृतिया विशेष : त्रेत्रायुगको प्रारम्भ, शिव पार्वतीको विवाह, विष्णुभगवानको परशुराम अवतार, महाभारतको रचना,बद्रीनाथको ढोका खोल्ने तिथि ।
आज २०८३ साल वैशाख ७ गते सोमबार । वैशाख शुक्लपक्ष तृतिया तिथि । सन् २०२६ अप्रिल २० । नेपाल संवत ११४६। शुक्लपक्ष । उत्तरायण ।बसन्त ऋतु। अक्षय तृतिया ।
वैशाख शुल्क तृतियालाई अक्षय तृतिया भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नहुने हो ।आजको पावन दिनमा गरिने पुण्यकर्म, जप,तप, पूजापाठ लगायतका शुभकर्महरु क्षय हुदैनन् भनिन्छ । आज थोरै कर्म गर्दा पनि धेरै फलप्राप्ति हुने धर्मशास्त्रहरुको कथन छ ।
आजको दिनदेखि त्रेत्रायुग प्रारम्भ भएकोले त्रेतायुगादि तिथि भन्ने पनि गरिन्छ । भगवान विष्णुले परशुराम अवतार लिएकोले परशुराम जयन्ती भनिन्छ । आज कैलाशपति शिवजी र हिमालयपुत्री पार्वतीको विवाह भएको मानिन्छ । वेदव्यासले तृतिया तिथि देखि महाभारतको रचना थालेका थिए । चारधाम मध्ये आजदेखि बद्रीनाथको ढोका खोल्ने परम्परा छ ।
आज गरिने मांगलिक कार्यहरु शुभदायक हुन्छ भनिन्छ । रोहिणी नक्षत्र र अक्षक्ष तृतियाको अझ विशेष महत्व रहेको छ ।आज जौको सातु र सर्वत खाने, दान गर्ने प्रचलन छ ।
सूर्य उदय :५ः३७ सूर्य अस्तः १८ः३१
चन्द्रः वृष राशीमा
तिथिः तृतिया ११ः१० पछि चतुर्थी
नक्षत्रः कृतिका ८ः०६ पछि रोहिणी
योग : शौभाग्य
करण :१०ः११ पछि वणिज
ब्रह्म मुहुर्त ४ः०६—४ः५० बजेसम्म
अभिजित मुहुर्तः ११ः३७—१२ः२९
राहु कालः ७ः१२—८ः३९ सम्म
ग्रहगोचर
सूर्य : मेष राशी अश्विनी नक्षत्र
चन्द्रः वृष राशी रोहिणी नक्षत्र
मंगलः मीन उत्तरभाद्रपद नक्षत्र
वुधः मीन राशी उत्तरभाद्रपद नक्षत्र
बृहस्पतीः मिथुन राशी पुनर्वसु नक्षत्र
शुक्रःमेष राशी किर्तिका नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपद नक्षत्र
राहुःकुभ्म राशी शतभिषा नक्षत्र
केतुःसिंह राशी मघा नक्षत्र
तस्बिर : सामाजिक संजालबाट, समाचार विवरण : नेपाली पात्रो
