कुण्डलीको केन्द्रमा बृहस्पती र मंगल हुनेहरुका लागि शुभ,लाभदायी । वर्षभरी धार्मिक, सांस्कृतिक जागरण बढ्ने, राजाकाज सहज हुने ज्योतिषिय विश्लेषण ।

आज विक्रम संवत २०८३ को पहिलो दिन, नयाँ वर्षको प्रारम्म । हिन्दूधर्म दर्शनमा सूर्यको गतिको आधारमा मिति गणना हुन्छ भने चन्द्रमाको गतिमा आधारित हुन्छन् तिथिहरु ।
आज ग्रहहरुको मन्त्रीमण्डल पुर्नगठित भएको छ । नेपाल पंचाङ्ग निर्णायक समितिका अनुसार यो वर्ष ग्रहहरुको राजा बृहस्पती हुन् भने मंगल मन्त्रीको भूमिकामा रहेका छन् । ज्योतिषिय गणना अनुसार आज अपराह्न वैशाख शुल्क द्धितिया तिथि १२ बजेर ४ मिनेट, शतभिषा नक्षत्रमा सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्देछन् ।
ज्योषिताचार्य नेत्र नेपालका अनुसार यो वर्षका देवता मधुसुदन हुन् भने देवी मोहिनीरुप हो।
पृथ्वीतहमा सरकार पुर्नगठन भएजस्तै ग्रहको भूमिका पनि परिवर्तन हुन्छ् । सूर्यलाई अन्य ग्रहहरुले परिक्रमा गरिरहेका छन् । ग्रहहरुको अवस्थिति र परिक्रमको आधारमा तिथि मिति गणना गरिन्छ । निश्चित नियमका आधारमा जिम्मेवारीहरु हेरफेर हुने ज्योतिषिहरु बताउँछन् । बितेको वर्ष ग्रहहरुका राजा सूर्य, आफै राजा थिए भने मन्त्रीमा चन्द्रमा थिइन् । यो वर्षका लागि राजकाजको मुख्य जिम्मेवारी गुरु बृहस्पती र ग्रहहरुका सेनाप्रमुख मंगलको काँधमा आएको छ ।
ज्योतिषाचार्य नेपालका अनुसार व्यक्तिहरुको हकमा सामान्यतया जसजसको कुण्डलीमा बृहस्पति र मंगल केन्द्रमा छन्, उनीहरुका लागि यो वर्ष लाभदायी हुनसक्छ । अन्य ग्रहहरुको आआफ्नै भूमिका हुन्छ । ‘ गुरु राजा भएकोले धार्मिक, सामाजिक,संस्कृतिक जागरण बढ्ने हुन्छ’ नेपाल भन्छन् ‘मंगल मन्त्री भएकोले राजकाज,जनतालाई राम्रो सेवा, सुविधाको वातावरण बन्ने हुन्छ । समग्रमा वर्ष लाभकारी देखिन्छ ।’

आजको पंचाङ्ग, 
आज २०८३ साल बैशाख १ गते मंगलबार । वैशाख कृष्ण पक्ष द्धादशी तिथि । सन् २०२६ अप्रिल १४। नेपाल संवत ११४६। कृष्णपक्ष ।उत्तरायण ।

सूर्य उदय :५ः४३ सूर्य अस्तः १८ः२७
चन्द्रः कुम्भ राशी
तिथिः द्धादशी
नक्षत्रः शतभिषा १३ः३६पूर्वभाद्रपद
योग :शुक्ल १३ः२९ पछि वह्म
करण :कौलव ९ः५८ तैतिल

ब्रह्म मुहुर्त ४ः११—४ः५६ बजेसम्म
अभिजित मुहुर्तः११ः३९—१२ः३०
राहु कालः ३ः१६—४ः५२ सम्म
ग्रहगोचर
सूर्य : मीन राशी रेवती नक्षत्र ,१२ बजेर ४ पछि मेष राशीमा प्रवेश
चन्द्रःकुभ्म राशी शतभिषा
मंगलः मीन राशी उत्तरभाद्रपद नक्षत्र
वुधः मीन राशी उत्तरभाद्रपद नक्षत्र
बृहस्पतीःमिथुन राशी पुनर्वसु नक्षत्र
शुक्रःमेष राशी भरणी नक्षत्र

तस्बिर :  गुल्मीको पर्यटकिय स्थल रेसुङ्गाको गर्जुरा पार्कबाट   देखिएको सूर्योदय ।  जनार्दन घिमिरे /रासस