ग्यास वितरण निगरानी गर्न ‘हाई कमाण्ड’ गठन
निगमका डिपुटि निर्देशकको संयोजकत्वको कमाण्डमा आपुर्ति मन्त्रालय, उपत्यकाका तिनवटै जिल्ला प्रशासन, प्रहरी तथा ग्यास उत्पादक संघका प्रतिनिधि सदस्य छन् ।
काठमाडौं, २५ भदौ ।
राजधानी उपत्यकामा खाना पकाउने एलपिजि ग्यासको वितरण, निगरानी र नियन्त्रण गर्न एउटा बेग्लै कमाण्ड गठन भएको छ ।
आपुर्ति तथा वाणिज्य मन्त्रालयले गठन गरेको कमाण्डको नेतृत्व नेपाल आयल निगमका डिपुटि म्यानेजिङ्ग डाइरेक्टर दीपक बरालले गर्ने छन् । बुधबारदेखी संञ्चालनमा आएको बराल संयोजकत्वका कमाण्डमा मन्त्रालयका प्रतिनिधि, उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ग्यास बिक्रेता संघका प्रतिनिधि र प्रहरीबाट समेत सदस्य राखिएको छ ।
कमाण्डले हाल उपत्यका बाहिरबाट भरेर आएका सिलिण्डरको अवस्थाको तथ्यसहित निगरानी गर्ने आयल निगममा प्रवक्ता मनोज ठाकुरले बताए । उनका अनुसार कृष्णभिरमा पहिरो गएर काठमाडौ जोडने मुख्य मार्ग अवरोध भएपछि उपत्यका बाहिरका ग्यास प्लाण्टबाट सिलिण्डर भरेर ल्याउने काम भैरहेको छ ।
ठाकुर, कमाण्डले उपत्यका बाहिर कुन ग्यास प्लाण्टबाट कति सिलिण्डर ग्यास उत्पादन भयो, कहिले कहाँबाट लोड भयो, त्यो कहाँ कहाँ, कति परिणाममा कुन बिक्रेताकोमा गयो र कसरी वितरण भयो भन्ने तथ्याङ्गका आधारमा विश्लेषण, निगरानी गर्ने छ । वितरण प्रणालीलाई व्यवस्थित गर्ने उदेश्यले कमाण्ड गठन भएको देखिन्छ ।कमाण्ड सञ्चालनमा आइसकेको छ ।
‘ग्यास वितरण सामान्य हुँदै गएको थियो, हामीले ग्यासको आयात पनि बढाएका थियौं’ ठाकुरले भने ‘ ल्याउने बाटोमा व्यवधान भएकोले समस्या भएको हो।’
ठाकुरका अनुसार,२०८३ साउनमा ५७ हजार मेट्रिकटन ग्यास आयात भएको छ भने भदौ २४ सम्ममा करिव ४७ हजार मेट्रिकटन आयात भैसकेको छ । मासिक औसत ४५,४६ हजार मेट्रिकटन ग्यास आवश्यक पर्ने आधारमा अहिले त्यो भन्दा धेरै आयात भैरहेको उनले बताए । काठमाडौं उपत्यका बाहिर ग्यास वितरण समस्या नभएको उनको भनाई छ ।
ग्यास उत्पादक संघका पूर्व अध्यक्ष शिवहरी घिमिरे ग्यास ल्याउने ठूला बुलेट काठमाडौ आउँन नसकेकोले समस्या भएको बताउँछन् ।‘बुलेट आउँन सकेनन्’ घिमिरेले भने ‘तराईका उद्योगमा सिलिण्डरमा भरेर ल्याउँन चाहिने जति ट्रक उपलब्ध छैनन् ।’ घिमिरे काठमाडौंको दैनिक डिमाण्डकै हाराहारी सिलिण्डरहरु आइरहेको बताउँछन् ।
ग्यासको अभाव किन त ? आयल निगमले फागुन अन्तिमदेखि साउन अन्तिमसम्म आधा सिलिण्डर (७ दशमलव १ केजि) ग्यास वितरण गर्दे आएको थियो । साउनदेखी पुरा सिलिण्डर ग्यास वितरण थालेपछि वितरण प्रणालीमा समस्या आएको देखिन्छ । आधा सिलिण्डर ग्यास दिएको चार महिनामा मासिक औसत माग जति ग्यास माग भएको थिएन ।
आधा सिलिण्डरबाट भरी सिलिण्डर ग्यास बिक्री गर्दा, आम उपभोत्ताको माग र बजार प्रवृतिलाई राम्रोसँग निगमले व्यवस्थापन गर्न नसकेकै कारण ग्यासको समस्या विकराल भएको देखिन्छ । ग्यासको मात्रा कम भएपनि उपभोत्ताले आधा सिलिण्डरमा ग्यास पाइरहेका थिए । सोही आधारमा भरी सिलिण्डरको बिक्री थालेपछि निगमले ५, ७ महिनाको माग र आपुर्तिको चक्रका आधारमा ग्यास आयात नगरेको तथ्याङ्कहरुले पुष्टी गर्दछन् ।
किन भएन ग्यासको सहज वितरण ? थप, जाकारीका लागि :

