नियामक आयल निगमको मिलोमतोमा मूल्यवृद्धि गरिएको नेपाल उपभोक्ता मञ्चको आरोप, मूल्यवृद्धि फिर्ता गरेर दोषिलाई कारवाही गर्न आग्रह ।

काठमाडौं, १९ भदौं।
नेपाल उपभोत्ता मञ्चले खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे मञ्चले दुवानी बढेको नाममा ग्यास उद्यमीले नेपाल आयल निगमसँग मिलोमती गरी ग्यासको मूल्य बढाएको बताइएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रति सिलिण्डर १०५ रुपैया वृद्धिलाई कुतर्क र बहानाबाजी गरेको बताएका छन् ।
‘ विपद्को मौका छोपेर, रातारात कालोबजारी गर्ने नियतले दुःखी र पीडित उपभोक्ताको ढाड भाँचिने गरी गरिएको यो मूल्यवृद्धि हदैसम्मको अमानवीय, गैरजिम्मेवारपूर्ण र निन्दनीय कार्य हो’ विज्ञप्तिमा भनिएको छ ‘ झन् विडम्बनाको कुरा त के छ भने, सङ्कटको बेला बजार अनुगमन र मूल्य नियन्त्रण गरी उपभोक्तालाई राहत दिनुपर्ने दायित्व बोकेको सरकारी निकाय ुनेपाल आयल निगमु स्वयम् उद्योगीहरुको यो नाफाखोर प्रवृत्ति र लुटतन्त्रमा मिलोमतो गरी रमिते बनेको स्पष्ट भएको छ। विपद्मा परेका जनतालाई अझ महँगीको भारी बोकाउने कार्यमा राज्यकै निकायको संरक्षण र साँठगाँठ हुनु लज्जास्पद विषय हो ।’
मञ्चले ग्यासको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गर्दे ३ बुँदे माग अघि सारेको छ । मञ्चले भनेको छ ः
राष्ट्रिय उपभोक्ता मञ्च नेपाल सरकार, सम्बद्ध मन्त्रालय र नियमनकारी निकायसमक्ष निम्न मागहरु जोडदार रुपमा राख्दछ
१.विपद् र ढुवानीको बहानामा ग्यासमा गरिएको रु। १०५ मूल्यवृद्धि तत्काल खारेज गरियोस्।
२.राष्ट्रिय सङ्कटको मौका छोपी लुट मच्चाउने उद्योगी तथा व्यवसायीहरु र त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिलोमतो गर्ने नेपाल आयल निगमका सम्बन्धित पदाधिकारीहरुमाथि तत्काल उच्चस्तरीय छानबिन गरी कडाभन्दा कडा कानुनी कारबाही गरियोस्।
३.विपद्को समयमा खाना पकाउने ग्यास लगायत सम्पूर्ण दैनिक उपभोग्य वस्तुहरुको सहज, सुलभ र नियमित आपूर्तिको सुनिश्चितता गरियोस्।

‘यतिबेला सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको छ। नागरिकहरुले ज्यान, धन र बासस्थान गुमाएर देशभरि हाहाकार मच्चिएको र देश नै रोइरहेको यो अत्यन्तै संवेदनशील घडीमा, विपद्को घाउमा मलम लगाउनुको सट्टा ुलामो बाटोबाट ढुवानी गर्नुपरेकोु कुतर्क र बहाना अघि सार्दै उद्योगीहरुले खाना पकाउने एल.पी.ग्यासमा प्रतिसिलिन्डर रु.१०५९एक सय पाँच रुपैयाँ० मूल्यवृद्धि गरेको घटनाप्रति राष्ट्रिय उपभोक्ता मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’ मञ्चले भनेको छ ।