आज राष्ट्रिय शोक:राष्ट्रिय झण्डा आधा झुकाइने

नवयुवा (जेनजी) पुस्ताको आव्हानमा भदौं २३ र २४ गते राजधानी काठमाडौं र मुलुकभर भएको प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज बुधबार देशभर शोक मनाइदैंछ ।
भदौं ३० गतेको मन्त्रिपरिषदको बैंठकले प्रर्दशनमा मृत्यु भएकाहरुको सम्मानका एक दिन शोक मनाउने निर्णय गरेको थियो । प्रर्दशनमा मृत्यु भएकाहरु केहीको मंगलबार काठमाडौं आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्तेष्ठी गरिएको थियो । कतिपयको शव सरकारले जिल्ला जिल्लामा पु¥याएको छ । मृतकहरुको परिवारलाई १५ लाख रुपैया दिने निर्णय पनि सरकारले गरेको छ ।
भष्ट्राचारको अन्त्य र सुशासनको नारा सहीत प्रर्दशनमा होमिएका युवा, सुरक्षामा खटेका प्रहरी तथा आगजनी, लुटपाट र तोडफोडमा संलग्न समेत अहिलेसम्म अहिलेसम्म ७३
जनाको मृत्यु भएको छ ।