‘म पुनः दोहा¥याएर भन्न चाहन्छु, मबाट विद्यानको कुनै दफा, धारा उल्लघन हुने कार्य भएको छैन । त्यसैले मलाई लगाएको आरोप मिथ्था छ र स्वत खारेज हुन्छ’ बिस्टले भनेका छन् ।

काठमाडौं, ४ भदौं ।

बागमति प्रदेशमा एमाले नेतृत्वको सरकार गठनमा सहयोग गरेको राप्रपा यतिखेर केन्द्रको कारवाही गर्ने चुनौतिपूर्ण प्रश्न त्यसको जवाफ दिने राजनीतिमा रुमल्लिएको छ । एमालेका किरण थापा नेतृत्वमा गठन हुन लागेको सरकारमा राप्रपाको बागमति प्रदेशसभाका संसदीय दलका नेता उद्धब थापाको नेतृत्वमा केही सांसदहरुले समर्थनको गर्दे सरकारमा सहभागि हुने नीति लिएका थिए ।


पार्टीले बुधबार साँझ बागमतिको सत्ता दौडलाई लिएर राप्रपाका सांसदहरुलाई सामाजिक संजालबाट स्पष्टीकरण सोधेको छ । पाटीको स्पष्टीकरणको जवाफ दिदै राप्रपा सांसद राजु बिस्टले पार्टीको हित चिताएर नै एमालेलाई समर्थन गरेको बताएका छन् ।
पार्टीको अनुशासन समितिका अध्यक्षलाई सम्बोधन गर्दे लेखेको स्पष्टीकरमा विष्टले भनेका छन् ‘मैले हामिले गरेको यो निर्णयले पार्टीको हैसियत उचाईमात्र बढने होइन यसले सरकारमा बसेर जनपक्षीय काम गर्न र गाउँ गाउँमा रहेका राप्रपाका कार्यकर्ताको मनोबल बढाउन एक कोसेदुंगा सावित हुने छ भन्ने लाग्छ ।’
विष्टले एमालेलाई समर्थन गर्नु राजनीतिक वाध्यताको अवस्था औंल्याएका छन् । ‘ बागमित प्रदेश सरकार निर्माणको यो सकसको अवस्थालाई राप्रपा बागमति प्रदेश संसदीय दल मुक दर्शक भएर बस्न हुँदैन भन्ने लागेर हामि बहुमत सदस्यहरुले नेकपा एमालेको गठबन्धन सरकारमा सहभागि हुँदै सहयोग गर्ने निर्णयमा पुगि म लगायत बहुमत माननीय सदस्यहरुले समर्थन गरेका हौं । र, सोहि अनुसार मैलै पनि नेकपा एमालेको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारलाई समर्थन गरेको हो ’बिस्टले भनेका छन् ।

‘म बागमति प्रदेशमा निर्वाचित प्रतिनिधिको नाताले बागमति प्रदेशमा एमालेलाई सरकारमा समर्थन गरिएको सन्दर्भमा बागमति प्रदेशको वर्तमान अवस्थामा राप्रपाको समर्थन नभई कुनै पनि गठबन्धनको सरकार नबन्ने अवस्था रहेको छ ।’ बिस्टले भनेका छन् ‘ बागमति प्रदेशसभा अन्योलको अवस्थामा पुगि रहदा एक जिम्मेवार दलको निर्वाचित जनप्रतिनिधिको हैसियतले मेरो पनि केही जिम्मेवारी हुने हुन्छ ।’
उनले मिति २०८३ साउन १२ गते सम्पन्न बागमति प्रदेशसभा कार्यसम्पादन समितिको निर्णय बमोजिम राप्रपा बागमति प्रदेश सरकार उपयुक्त गठबन्धनमा समावेश भई सरकारमा सहभागि हुँदै जनपक्षीय काम गर्दे पार्टीको गरिमा कायम गरी सरकारमा सहभागि हुनका लागि बागमति प्रदेश संसदीय दललाई निर्णय गर्नका लागि केन्द्रलाई सिफारिस गरिएको अवस्था उल्लेख गरेका छन् ।

बिस्टले आफूलाई पार्टी केन्द्रले लगाएको आरोप स्वत खारेज हुने बताएका छन् । ‘म विगत प्रदेशसभाबाट पार्टीको निर्वाचित प्रतिनिधि हुँदै गर्दा र म पार्टीको एक निष्ठावान सिपाही पनि हुँ भन्ने मलाई राम्रोसँग थाहा छ ।’ बिस्टले भनेका छन् ‘ म बाट पार्टीलाई बिगार्ने,पार्टीको हित विपरितका कुनै किसिमको काम कारवाही भएको छैन र हुने पनि छैन । म पुनः दोहा¥याएर भन्न चाहन्छु, मबाट विद्यानको कुनै दफा, धारा उल्लघन हुने कार्य भएको छैन । त्यसैले मलाई लगाएको आरोप मिथ्था छ र स्वत खारेज हुन्छ ।’