तराईमा हुस्सु : पूर्वमा बिहान, पश्चिममा मध्यान्नसम्म
काठमाडौं, ११ पुस ।
जल तथा मौसम विज्ञान विभागले बिहिबार साँझ प्रकाशीत गरेको मौसमी विवरण अनुसार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
पूर्वी तराईमा बिहान केही बेर र पश्चिम तराईमा मध्यान्तरसम्म हुस्सु रहने छ ।
आज दिउँसो
तराई भू(भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू(भागमा बिहान केही समय तथा बाँकी तराई भू(भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहनेछ ।
