काठमाडौं, १९ अशोज ।

भारतको मध्यप्रदेश र राजस्थानमा बालबालिकाहरु खोकीको ओपधी सेवन गरेपछि स्वास्थ जटिलता भएर मृत्यु भएपछि औपधि बन्देज गरिएको छ, औषधि प्रेसक्राइभ गर्ने चिकित्सक प्रहरी नियन्त्रणमा छन् भने औषधि उ्रत्पादक कम्पनी माथी मुद्धा चलाइएको छ ।
कोल्डड्रिन नाम गरेको औषधि सेवन गरेका १४ जना बालबालिकामा औषधि प्रयोग गरेको केही दिनमै स्वास्थ जटिलता आएर मृत्यु भएपछि भारतभर औषधि प्रयोगलाई लिएर बहस सुरु भएको छ ।
मध्यप्रदेशमा भदौ २२ देखी अशोज १९ सम्मको अवधीमा मध्यप्रदेशमा ११ जना तथा राजस्थानमा ३ बालबालिकाको मृत्य भएको छ । सामान्य रुघाखोकी लागेर स्थानीय क्लिलिनबाट खोकीको सिरप किनेर प्रयोग गरेका बालकहरुमा सुरुमा पिसाव कम हुने वा पुुरै बन्द हुने लक्षण देखिएपछि अस्पताल पुु¥याइएको थियो । मध्यप्रदेशको छिंडवाडा जिल्लाका बालबालिकामा यस्तो देखिएपछि नागपुरका ठूला अस्पतालमा उपचार गर्न पु¥याएपनि किडनी फेल भएर बालबालिकाको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । मृत्यु हुने बालबालिका १ वर्षदेखी ५ वर्ष उमेरका छन् ।
बालबालिकाको मृत्यपछि उनीहरुले प्रयोग गरेको औषधि जाँच गर्दा त्यसमा डाइएथिलिन ग्लाइकोल भन्ने रसायनको मात्रा ४८ प्रतिशत भन्दा धेरै पाइएको छ । जुन बालबालिकाका लागि विष समान हुनपुग्यो ।
मध्यप्रदेश सरकारले औषधि प्रेसक्रयाइव गर्ने बाल विशेषज्ञ डा. प्रविण सोनीलाई प्रहरी नियन्त्रणमा राखेर कानूनी उपचार गर्ने भनेको छ भने औषधि निर्माता तमिलनाडुको श्रीसन फर्मास्युटिकल माथी मुद्धा चलाएको छ ।
भारतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले सबै राज्यहरूलाई निर्देशन दिदैं बच्चाहरूका लागि खोकीको सिरपको विवेकपूर्ण प्रिस्क्राइब र वितरण गर्नु पर्नै जनाएको छ ।
डिजिएचएसका अनुसार, बच्चाहरूमा खोकी औषधि बिना नै उच्च संरक्षणले मात्र पनि समाधान हुने जनाउदै खोकीको औषधिहरू दुई वर्ष मुनिका बच्चाहरूलाई वितरण गर्न नहुने कुरामा जोड दिएको छ । भारतले केन्द्र र प्रदेशस्तरका विज्ञहरु सम्मिलित उच्चस्तरीय छानविन टोली गठन गरेको छ ।
भारतीय समाचारहरुका अनुसार प्रर्दशन गर्दे औषधीको प्रयोग गरेका एक जना चिकित्सक तत्काल बेहोस भएको जनाएका छन् ।र, प्रदेश सरकारहरुले एकपछि अर्को गर्दे प्रयोग गरिएको औषधि ‘कोल्ड्रिफ’ सिरपको प्रयोग पूर्र्णत बन्देज गरेको छन् भने स्कटमा रहेका औपधि प्रयोग नगर्न सम्बन्ध सबैलाई चेतावनी दिएका छन् ।

समाचार फोटो श्रोत :  भारतीय विभिन्न न्यूजपोर्टलहरु


Leave a Reply

Your email address will not be published. Required fields are marked *