पूर्वी नेपालमा सामान्य वर्षा

काठमाडौं, १९ अशोज
१८ अशोजदेखी सक्रिय खाँडीबाट उठेको जलवाष्पयुक्त मनसुनी वायुले अहिले पुर्वी पहाडमा खोटाङ्ग, सोलु, सिन्ध्ुली, तथा झापा देखी पश्चिम धनुषामा सामान्य वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको अपराह्न ३ बजेको मौसमी रेकर्ड अनुसार खोटाङ्ग, सोलु तथा सप्तरी, सिरहामा अपराह्न पानी पर्ने क्रम बढेको छ । त्यस्नै मोरङ्ग हरेचा लगायतका स्थानमा पनि सामान्य वर्षा छ ।
यता राजधानी काठमाडौंको मौसमम बदली देखिन थालेको छ । ८ बजेदेखी सफा देखिएको मौसम अपराह्नमा पारिलो भएको थियो भने ३ बजेदेखी धमिल्लिएको छ, सामान्य बदली भएको छ ।