दिनभर मधेशका बारा, पर्सा रौतहट र राजधानी काठमाडौंमा ,अबेर साझँदेखी पूर्व लाग्यो मनसुन

सङ्लोन्यूज
काठमाडौं १८ अशोज ।
अहिले मनसुन लगभग बिदा हुने बेला हो । सामान्यतया अक्टुवर २ पछि मनसुनी वर्षा गराउने बादल हराएर जान्छन् । तर, यो वर्ष अझै पनि मनसुन आक्रामक भएर आइरहेको छ । बंगालको खाडीबाट उठेको जलवाप्पले शुक्रबारदेखी नेपालको मध्य नेपालमा गराउन थालेको वर्षाले राजधानी काठमाडौंको जनजीवनमा नराम्रो असर पारेको छ भने उता आर्थिक नगरी भनिने वीरगंज पनि मनसुनी वर्षाको चपेटामा परेको छ ।
अपराह्नदेखी साझ ५ बजेसम्म बढ्दो क्रममा रहेको वर्षातको मात्रा त्यसपछि घट्दै रातको ९ बज्दा भने केही कमजोर देखिन्छ । मौसमविदहरुले शनिबार रातभर र आइतबारसम्म ठूलो पानी पर्ने प्रक्षेपण गरिरहेका छन् ।तसर्थ, ३, ४ घण्टाको वर्षाको प्रवृतीको आधारमा कुनै निचोड निकालीहाल्न मिल्दैन ।
मौसम विज्ञान विभागको वेभ साइटबाट लिएका तथ्याङ्गहरुको विश्लेषण गर्दा भने अपराह्नको भन्दा मनसुनीवायु शिथिल भएका हो कि ?भन्ने आधार देखिन्छ । यो समाचार लेखिरहदा बारा पर्सामा मडारिइरहेको मनसुनी जलवाष्पयुक्त वायु त्यहाँबाट पूर्व सरेको देखिन्छ । ९ बजेको वर्षाको प्रकृतीले बारा, पर्सा, रौतहटमा घटेको छ भने महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, झापामा साँझको तुलनामा वर्षात बढेको देखिन्छ ।
बितेको २४ घण्टाको तथ्याङ्गको आधारमा रौतहटको महेशपुरमा सर्वाधिक ३ सय ५४ मिलि पानी परेको छ । मौसम विभागको परिभाषा अनुसार त्यस्तो वर्षा अतिभारी वर्षा हो । अहिले ८ देखी ९ बजेको एक घण्टामा महेशपुरमा सामान्य वर्षा छ । महेशपुरमा साँझ ५ बजे एक घण्टाको अवधीमा करिव ९५ मिलि पानी परेको थियो । त्यस्तै वीरगंजमा २४ घण्टामा २९० मिलि पानी परेको थियो । अहिले ९ बजे १ घण्टाकोबीचमा १ दशमलव ८ मिलिमात्र पानी परेको छ । साँझ ५ बजे वीरगंजमा १९ मिलि पानी परेको थियो । कलैयाको अवस्था त्यस्तै छ, शुक्रबार रातीदेखी शनिबार रातको ९ बजेसम्म २७३ मिलि वर्षात भएको कलैयामा हाल हल्का वर्षा छ । ५ बजे त्यहाँ ११ दशमलव २ मिलि पानी परेको थियो ।
यता राजधानी काठमाडौं उपत्यकाको अवस्था पनि त्यस्तै छ । उपत्यकाको सबै भन्दा धेरै वर्षा ललितपुरको लेलेमा भएको छ । २४ घण्टाबीचमा लेलेमा १५५ मिलि पानी पर्यो, त्यस्तै गोदावरीमा १५१ मिलि वर्षा भयो । यता सुन्दरीजलमा ११७ मिली वर्षा भयो । ९ बजे एक घण्टाबीचमा लेलेमा ५ मिलि, गोदाबरीमा ४ मिलि र सुन्दरीजलमा करिव ७ मिली पानी पर्यो । ६ घण्टा अगाडी यी लेले, गोदावरी र सुन्दरीजलमा करिव १० मिलि प्रतिघण्टाको दरमा वर्षा भएको थियो ।
वर्षातको प्रवृतीले दिनभर,साँझसम्म मधेशका रौतहट, बारा, पर्सामा र काठमाडौ उपत्यका अत्यधीक वर्षा गराउने वायु अबेर साँझदेखी पूर्वी नेपालमा सक्रिय देखिएको छ ।