वीरगंजमा धेरै भारी वर्षा, पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै

सङ्लोन्यूज
काठमाडौं, १८ अशोज
सामान्यतया अक्टुवर २ देखी मनसुन वर्षा सकिएर शरदकालिन घमाइला दिनहरु आउँनुपर्ने हो । तर, यस पटक मनसुन लम्बियो र हाल विशेष गरेर मध्य नेपालका मधेश प्रदेशका केही जिला र बागमति प्रदेशमा शनिबार बिहानदेखीनै वर्षा भैरहेको
पछिल्लो २४ घण्टाको रेकर्ड अनुसार वीरगंज र वीरगंज आसपास सबै भन्दा धेरै वर्षा भएको छ । त्यहाँ अपराह्न २ बजेसम्ममा १७६ मिलि लिटर वर्षा भएको छ । त्यस्तै वीरगंज नजिकैको कलैयामा १५०.४ मिलि लिटर वर्षा भएको छ । वीरगंज आसपास धेरै वर्षा भएको विभागको रेकर्डले औल्याएको छ ।
वीरगंज :१७६.२मिलि
कलैया : १५०.४ मिलि
परवानीपुर :१२९ मिलि
सिमरा :११६.६ मिलि
गौर :१३० मिलि
मौसम विज्ञान विभागले २४ घण्टामा भएको वर्षाका आधारमा यसरी विभाजन गरेको छ ।
१० मिलि भन्दा कम —हल्का
१०—५० मिलि — मध्यम
५०—१०० मिलि —भारी
१००—२०० धेरै भारी
२०० माथी अति भारी