भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, दुबै अधिवेशनलाई सहयोग गर्ने मनस्थितिमा
जिल्ला अधिवेशन तत्काल नहुने अवस्थामा दुर्लभ थापालाई दुबै अधिवेशनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने दुर्लभ जिम्मेवारी जुरेको देखिन्छ ।
काठमाडौं, ३१ भदौ।
नेपाली कांग्रेसको १५ औं अधिवेशनलाई लिएर दुई खाले कार्य तालिका सार्वजनिक भएको अवस्थामा भक्तपुर जिल्ला कार्य सभापति दुर्लभ थापाले कुनलाई औपचारिकता दिने हुन ? एकातिर जिल्ला सभापतिको जिम्मेवारी अर्को तर्फ विशेक्ष् अधिवेशन विरोधी छवि । यस्तो अन्यौलपूर्ण राजनीतिक माहौलमा थापा भने दुबै अधिवेशनललाई आफ्नो तर्फबाट सहयोग गर्ने मनस्थितिमा बनाएका छन् र त्यहीँ अनुसार एक्सनमा पनि उत्रिदै छन् ।
कांग्रेसको राजनीतिमा विशेष अधिवेशन विरोधी तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बलियो पक्षधरको परिचय कमाएका थापाले आज विशेष अधिवेशन पक्षले भक्तपुरमा खटाएका निर्वाचन प्रतिनिधिहरुलाई पार्टी कार्यालयमा स्वागत गरे । अशोज ३ देखी वडा अधिवेशन प्रारम्भ गर्न आएका जिल्ला प्रतिनिधि कविता थापा, भक्तपुर १ का प्रतिनिधि इन्दीरा न्यौपाने र क्षेत्र नं २ प्रतिनिधि सम्झना पोखरेललाई स्वागत गर्दे जिल्ला कार्यसमितिमा निर्वाचन कार्यालय राख्ने अनुमति पनि प्रदान गरे ।
के दुर्लभ थापा ३ गतेदेखी सुरु हुने वडा अधिवेशनमा सहभागि भएका हुन् त ? त्यो त होइन । उनी स्पष्ट गर्दे भन्छन् ‘ म १४ औं अधिवेशनको जिल्ला सभापति हो, १५ औ अधिवेशन गराउनु मेरो कर्तव्य हुन आउँछ ।’ म विशेष अधिवेशनबाट आएको जिल्ला सभापति होइन भन्दै उनले स्पष्ट गरे ‘ जुन अधिवेशन भएपनि कांग्रेसको अधिवेशन हो, समन्वय गर्ने मेरो जिम्मेवारी हो ।’ थापाले जिल्ला सभापतिको नाताले ३ गतेदेखी वडा अधिवेशन हुनेलाई पनि सहयोग गर्ने र १५ गते देखी सुरु हुने वडा अधिवेशनमा पनि आफ्नो सहयोग हुने बताए ।
बुधबार, जिल्ला कार्यसमितिमा आयोजित बैंठकमा थापाले जिल्ला कार्यसमितिका सदस्य लगायत भक्तपुरमा रहेका केन्द्रीय सदस्यहरु, राजनीतिमा सक्रिय विभिन्न ओहदाका नेताहरुलाई आमन्त्रण गरेका थिए । अशोज ३ गते प्रारम्भ भएर अशोज १६ देखि विशेष अधिवेशन पक्षले १५ औं अधिवेशन गर्दे छ । उता, विशेष विरोधी देउवा समुहले अशोज १५ मा वडा अधिवेशन प्रारम्भ गरेर मंसिर २१ देखी केन्द्रीय अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
थापाले केन्द्रीय प्रतिनिधिहरुलाई क्रियाशील सदस्यहरुको नाम लिस्ट ल्याएर सार्वजनिक गर्न भनेका छन् ।अशोज ३ बाट प्रारम्भ हुने अधिवेशन क्षेत्रिय अधिवेशनसम्म सम्पन्न भएर केन्द्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला र प्रदेश अधिवेशन दोश्रो चरण गर्ने भनिएको छ ।
जिल्ला अधिवेशन तत्काल नहुने अवस्थामा दुर्लभ थापालाई दुबै अधिवेशनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने दुर्लभ जिम्मेवारी जुरेको देखिन्छ ।

