विज्ञप्तिको विवरणबाट नेपाली कांग्रेसले १५ औ महाधिवेशनको कार्यतालिका प्रकाशीत गरेको पृष्ठभूमिमा त्यसलाई बिथोल्न समानान्तर महाधिवेशनका कार्यक्रम अगाडि सारेको देखिन्छ ।

काठमाडौं,२७ भदौ ।

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन गर्ने आफ्नो दायित्व भएको दाबी गर्दे महाधिवेशनका लागि ६०  जिल्लामा प्रतिनिधि खटाएको छ । देउवा पक्षको महाधिवेशन आयोजक समितिका सचिवालय समन्वय संयोजक दीपकप्रसाद कुईकेलले आज विज्ञप्ति जारी गर्दे अशोज १५ गतेदेखी वडा अधिवेशन गर्नेगरी प्रतिनिधि खटाएको उल्लेख छ ।विज्ञप्तिमा ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय भएको उल्लेख भएपनि प्रतिनिधिहरुको संख्या ६० मात्र छ , बाँकी १७ जिल्लामा किन प्रतिनिधि खटाइएन, कांग्रेसको राजनीतिक वृतमा चर्चाको विषय बनेको छ ।

विज्ञप्तिको विवरणबाट नेपाली कांग्रेसले १५ औ महाधिवेशनको कार्यतालिका प्रकाशीत गरेको पृष्ठभूमिका त्यसलाई बिथोल्न समानान्तर महाधिवेशनका कार्यक्रम अगाडि सारेको देखिन्छ ।
विज्ञप्तिमा भनिएको छ‘ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरि अधिवेशनको गतिविधि गर्न लागेकोले, चौधौँ महाधिबेशनवाट निर्वाचित केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको १५ औं महाधिबेशन गर्नुपर्ने बैधानिक दायित्व भएको छ ।’

२०८३ श्रावण २९, ३० र ३१ गते भएको नेपाली कांग्रेसको राष्ट्रिय भेला/सम्मेलनको निर्देशन बमोजिम, नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको २०८३ भाद्र १७ र १८ गते वसेको बैठकले नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने गरि, असोज १५ गते वडा अधिवेशन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसको अशोज ४ देखि वडा अधिवेशन आयोजना गर्ने तालिका प्रकाशीत गरेको अवस्थामा त्यसैलाई प्रभावित गर्ने रणनीतिमा समानान्तरमा राजनीतिक कार्यक्रम गर्ने रणनीति देउवा पक्षले लिएको देखिन्छ । विज्ञप्तिमा भनिएको छ ‘अधिवेशनहरु सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पठाउने निर्णय भए अनुसार जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समितिहरु आश्विन ३ गतेभित्र गठन गरि सक्नेगरी निम्न जिल्लाहरूमा निम्नानुसार केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय भएको जानकारी गराउँदै सबै तहका जिम्मेवार साथीहरू, क्रियाशील सदस्यहरू शुभेच्छुकहरुमा आवश्यक सहयोग, समर्थन र सहभागिताका लागि निर्देशानुसार हार्दिक अनुरोध गर्दछु ।’

केन्द्रीय प्रतिनिधिहरु