कांग्रेसका ३० पूर्व केन्द्रीय सदस्यको अपिल : अधिवेशन स्थगन, नेतृत्व पङ्तिबीच आपसमा छलफल आवश्यक
३० जनाको मोर्चाले जसरी अधिवेशनका कार्यतालिका स्थगनको प्रस्ताव गरेका छन्, त्यस्तैगरी देउवा पक्षले सर्वोच्चमा हालेको मुद्धा फिर्ता लिनुपर्छ भन्ने माग पनि अपिलमा राखेका थिए भने सायद अधिवेशनको तिथिमितिमा लचिलो हुन संस्थापनलाई नैतिक दबाव पर्ने थियो ।
काठमाडौ, २६ भदौ ।
नेपाली कांग्रेसका ३० पूर्व केन्द्रीय सदस्यहरुले पार्टी एकतालाई केन्द्रमा राख्दै आसन्न पार्टी अधिवेशनका कार्यतालिका स्थगन गर्न आग्रह गरेका छन्। विशेष अधिवेशमा भाग नलिएका र पछिल्लो समय कांग्रेसमा विकसित संस्थापन र इतरपक्षको विभाजनमा इतरपक्षसँग नजिकको संलग्नता राख्दै आएका केही र दुबैतर्फ समदुरी राख्दै आएका पूर्व केन्द्रीय सदस्यहरुले अपिल प्रकाशीत गर्दे १५ औ महाधिवेशनमा कांग्रेसका सबै सदस्यहरु सहभागि हुनसक्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।
३० सदस्यीय मोर्चामा आवद्धहरु मध्ये ‘रुख र चारतारे’को मोह त्याग्न नसक्नेहरुको बाहुल्यता देखिन्छ । अपिल कतिपयलाई ‘सेफल्याण्डिङ्ग’ को अवसर बन्नसक्छ ।
‘आगामी १५ औं महाधिवेशनमा कांग्रेसका सबै सदस्यहरु सहभागि हुनसक्ने वातावरण निर्माण गर्दे, नेपाली कांग्रेसको बृहत एकताका लागि वर्तमान पार्टी सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण रहने छ’ अपिलमा भनिएको छ ‘ पार्टी सभापतिकारुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दे दुबै पक्षबाट जारी गरिएका पन्ध्रौ महाधिवेशनका कार्यतालिका स्थगतगरी,यथाशीध्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौ ।’
नेपाली कांग्रेसले आगामी अशोज ४ देखी वडा अधिवेशन प्रारम्भ गरेर अशोज १६ देखि काठमाडौमा १५ औ महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ । उता, पूर्व सभापति
शेरबहादुर देउवा नेतत्वमा रहेको समुहले पूर्व महामन्त्री डां शशाक कोइरालाको संयाजकत्वमा अशोज १५ देखि वडा अधिवेशनको कार्यक्रम गर्दे मंसिर २१ देखि केन्द्रीय अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
मुलुकको वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको एकता अपरिहार्य रहेको उनीहरुको भनाई छ । ‘कांग्रेसको सिंगो नेतृत्व पङ्ति एक ठाउँमा बसेर गहन छलफल गर्न र साझा निष्कर्षमा पुग्न आवश्यक छ’ अपिलमा भनिएको छ ‘सबैले आआफ्नो अंहकार, आग्रह र व्यत्तिलगत स्वार्थ त्याग्दै बृहत हितलाई केन्द्रमा राखेर हाल चलिरहेको विवादको तत्काल निकास खोज्न आग्रह गर्दछौं ।’
विशेष अधिवेशनबारे उनीहरुले मध्यमार्गि बाटो लिएको देखिन्छ समर्थन नगर्ने तर परिस्थितिजन्य अवस्थामा स्वीकार गर्ने । अपिलतमा भनिएको छ ‘ प्रन्ध्रौ महाधिवेशनको संघारमा जसरी विशेष महाधिवेशन भयो त्यसबाट तीतामीठा अनुभव प्राप्त गरेका छौं’ अपिलमा भनिएको छ ‘ तीन अनुभवबाट पाठ सिक्दै, अब विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढने संकल्प गर्नुपर्छ ।’
पार्टी सभापति गगनकुमार थापाले आजै एक कार्यक्रममार्फत अशोज १६ देखि हुने केन्द्रीय अधिवेशन कुनै पनि हालतमा नरोकिने धारणा राखेका छन् । थापाको यो बटमलाईबीच, विशेष गरेर दोश्रो पुस्ताका जिम्मेवार नेताहरुको अपिललाई संस्थापन पक्षले कुनरुपमा लिन्छ ? आपसमा विभाजनको डिलसम्म पुगेका दुई पक्षलाई मध्यमार्गिकोरुपमा उदाएका ३० जनाको मोर्चाले जोडन भूमिका खेल्ने हो वा होइन ? सयम संगित छ ।
३० जनाको मोर्चाले जसरी अधिवेशनका कार्यतालिका स्थगनको प्रस्ताव गरेका छन्, त्यस्तैगरी देउवा पक्षले सर्वोच्चमा हालेको मुद्धा फिर्ता लिनुपर्छ भन्ने माग पनि अपिलमा राखेका थिए भने सायद अधिवेशनको तिथिमितिमा लचिलो हुन संस्थापनलाई नैतिक दबाव पर्ने थियो । ३० सदस्यीय मोर्चामा आवद्धहरु मध्ये ‘रुख र चारतारे’को मोह त्याग्न नसक्नेहरुको बाहुल्यता देखिन्छ । अपिल कतिपयलाई ‘सेफल्याण्डिङ्ग’ को अवसर बन्नसक्छ ।
अपिल जारी गर्नेहरु ः महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरी खतिवडा, नैनसिंह महर, सरस्वती बजिमय, सीताकुमारी राना, मानबहादुर नेपाली, राधा घले, गोबिन्द भट्टराई, उमेशजङ्ग रायमाझि, इश्वरी न्यौपाने, सीता गुरुङ्ग, शान्ति परियार (बि.क), सुशिला थिंग, गणेश लामा, रमा कोइराला पौडेल, ललितजङ्ग शाही, प्रदीप कुमार सुनुवार, इन्दबहादुर बानियाँ, अनिल रुङगटा, माया राई? कान्तिका सैजुवाल, मीनाक्षी झा, कल्पना चौधरी, हरिशरण नेपाली, कृष्ण यादव छन् ।
अपिल:


