रास्वपा ‘राइट टु रि कल’ नीति तयार गर्दै
काठमाडौं, २६ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रि कल’ अर्थात पार्टी नीति विपरित काम गरेमा पदबाट फिर्ता गर्ने नीति तयार गर्न महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । पार्टी पवक्ता जगदीश खरेलले आज जारी गरेको विज्ञप्तिमा पार्टीको भदौ ५ गतेको केन्द्रीय कमिटीका निर्णय बमोजिम समिति गठन गरिएको हो । समितिले दस्तावेज कहिलेसम्म तयार गर्नुपर्ने हो, व्यक्तत्वमा खुलाइएको छैन।
समिति :
१.विपिन कुमार आचार्य – संयोजक
२.गणेश पराजुली – सदस्य
३.मनिष झा – सदस्य
४.समीक्षा बास्कोटा – सदस्य
५.अनुष्का श्रेष्ठ – सदस्य
६.सुलभ खरेल – सदस्य
७.श्री मनिष खनाल – सदस्य
८. सुशान्त वैदिक – सदस्य
९.गजला शमिम मिकरानी – सदस्य
१०.करिस्मा कठरिया – सदस्य
११. प्रमोद न्यौपाने – सदस्य

