काठमाडौं, १७ साउन ।
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैंठक बोलाएको छ । कांग्रेसको इतरपक्ष कार्यकर्ताको बृहद् भेला बोलाएर नयाँ पार्टी गठनसम्मको अभियानमा सक्रिय भएको समयमा बस्ने केन्द्रीय समिति केका लागि एजेण्डा स्पष्ट गरिएको छैन ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा साउन २४ गते पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैंठक बस्ने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८३ श्रावण २४ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’