रास्वपाले विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाउदै
काठमाडौं,१६ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ को अन्तराष्ट्रिय युवा दिवस विशेष कार्यक्रमकासाथ मनाउने भएको छ। साउन १३ को केन्द्रीय समिति बैंठकले अन्तर्राष्ट्रिय युवा दिवसको रास्वपाले विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाउदै मुलुकभर कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टीले केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३को आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ । संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ।

शनिबार रास्वपाले सार्वजनिक गरेको सुचनामा आयोजक समितिको सदस्यहरूमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत रहेका छन्। सूचनामा प्रदेशका सभापतिहरू आयोजक समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको बताइएको छ। पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको रास्वपाले जनाएको छ ।
श्रावण १५ गते सम्पन्न आयोजक समितिको पहिलो बैठकले साथै प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको छ।
सूचनामा भनिएको छ ‘युवा दिवसको अवसरमा संसदसम्म युवाको आवाज अन्तरसंवाद कार्यक्रम-Inspiring message competition राष्ट्रव्यापी सरसफाई कार्यक्रम, खेलकुद, रक्तदान कार्यक्रम, अन्तरसंवाद, विभिन्न विषयमा छलफल, नीति मन्थन लगायतका कार्यक्रमहरू गर्ने सम्बन्धमा छलफल भएको छ।’

