काठमाडौं, २० असार ।
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तगा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निदेंशकमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको प्रतिष्ठानमा शर्माले आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार जारी गरेको प्रेस नोटमा भनिएको छ ‘नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा डा. सुरेश आचार्य (भक्तपुर) लाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ ९घ० बमोजिम २०८३ साउन १ गतेदेखि लागु हुने गरि नियुक्त गर्नु भएको छ ।’

डा. आचार्य नेपाली कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् ।