काठमाडौं, ४ जेठ।
नेपाली कांग्रेस केन्द्रीय नीति तथा अनुसधान तथा प्रशिक्षण प्रतिष्ठानमा एक दर्जन उपसमिति समितिहरु गठन भएका छन् । प्रतिष्ठानका प्रमुख पार्टी सभापति विश्वप्रकाश शर्माको अध्यक्षमतामा सोमबार बसेको बैंठकले प्रतिष्ठानमा आवद्ध सदस्यहरुलाई भिन्न भिन्न समितिहरुको संयोजक तोकेको छ ।

कांग्रेस पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा समितिका संयोजकहरुको कार्यक्षेत्रको विवरण छ ।सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक खाका प्रस्तुत गर्न भनेको छ । त्यस्तै
बैठकले प्रतिष्ठानको आन्तरिक आचार संहिता निर्माण गरेर आगामी बैठकमा प्रस्ताव गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।

विवज्ञप्तिका भनिएको छ ‘बैठकले प्रतिष्ठानका सदस्यहरू मध्ये पहिलो चरणमा निम्न साथीहरूलाई निम्नानुसारको बिषयमा संयोजनको जिम्मेवारी प्रदान गरेको छ ।’

१.भुमि व्यवस्था बिशेष अभियान उपसमिति, संयोजन — डा. गोपाल दहित
(सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा दृष्टिको खोजीं)

२. विपद व्यवस्थापन उपसमिति, संयोजन — मानबहादुर थापा
(पूर्व तयारी, उद्धार र पुनस्र्थापना सहजीकरण अभियान)

३. मानसिक स्वास्थ्य र सचेतना अभियान उपसमिति, संयोजन — मोहना अन्सारी

४.सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजन — ई.दिपेश विष्ट

५. निर्वाचन प्रणाली सुधार र अवधारणा, संवाद र समन्वय उपसमिति, संयोजन — जनक चटौत

६. पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन — ई.अमृत ज्ञवाली
(पूँजिगत बजेट खर्च प्रणालीमा सुधार र पुर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमामा कांग्रेसको सुझाव)

७.उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति, संयोजन — खगेन्द्र आचार्य

८.शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति, संयोजन — डा. कृष्णप्रसाद पौडेल

९.बी.पी. ज्ञान केन्द्र उपसमिति, संयोजन – प्रकाश लामिछाने
(आगलागीमा जलेको केन्द्रीय पुस्तकालय पुर्नंव्यवस्था गरेर बी.पी. विचार स्कूलका रूपमा विकास गर्ने)

१०.जातिय विभेद विरुद्ध सचेतना अभियान उपसमिति, संयोजन — एलिजा ढकाल

११.डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति, संयोजन — प्रकृति भट्टराई

१२.उपसमिति, संयोजन — कञ्चन झा
(प्रस्तावित नीतिगत विषयहरू एवं समसामयिक विषयहरू उपर केन्द्रीय कार्यालयमा नियमित रूपमा अन्तरसंवादको समन्वय)