पहिलो पटक अधिवेशनमा जुट्यो रास्वपा : १५ वैशाखबाट जिल्ला अधिवेशन सुरु
केन्द्रीय समिति र सचिवालयबाट विभिन्न पदमा मनोनयन गरिएका छन्, निर्णय गरिएका छन् । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह जो प्रधानमन्त्रीको जिम्मेवारीमा छन्, उनी पार्टी राजनीतिमा कहीँ कतै सहभागि भएका छैनन्, कुनै पनि जिम्मेवारीमा राखिएको छैन उनलाई ।
काठमाडौं, ७ वैशाख ।
सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक पार्टी अधिवेशनमा जुटेको छ । २०७९ मा स्थापना पछि प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको रास्वपा दोश्रो अल्पायुमा सम्पन्न प्रतिनिभिसभाबाट मुलुकको शक्तिशाली सत्ताधारी दल बनेको अवस्थामा महाधिवेशनमा जुटेको छ । रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशनबाट सुरु गर्ने निर्णय गरेको छ ।
निर्वाचन कानूनमा, निर्वाचनमा भाग लिने राजनीतिक दलले प्रत्येक ५ वर्षमा पार्टीको अधिवेशन सम्पन्न गरेर त्यसको अद्यावधिक रिपोर्ट आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । रास्वपा १७ असार २०७९ मा निर्वाचन आयोगमा दर्ता भएको हो पार्टी हो । यस अर्थमा, चार वर्ष पुग्न पनि करिव २ महिना बाँकी छ । तर, केही दिन यता रास्वपा अधिवेशनमा केन्द्रीत भएको देखिदैंछ । अहिलेसम्म जिल्ला अधिवेशनको मिति तय भएको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैंठक र पार्टीको केन्द्रीय सचिवालयको बैंठकले अधिवेशन केन्द्रीत निर्णयहरु गरेका छन्। रास्वपाका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले २०८३ बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरुलाई जिम्मेवारी दिने नीति लिएको छ । निर्वाचनबाट केन्द्रीय राजनीतिमा सशक्तरुपमा उदाएको रास्वपाका सामु जिल्ला, क्षेत्र र स्थानीयतहमा संगठन संरचना निर्माण गर्नुपर्ने आवश्यकता छन् ।
जिल्ला र निर्वाचन क्षेत्र सहितको सूचि मंगलबार हुने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको रास्वपाले जनाएको छ ।
महामन्त्रीमा भूपदेव साह
रास्वपाले पार्टीको महामन्त्रीमा भुपदेव साह र सचिवालय सदस्यमा सागर ढकाल, सरिता श्री ज्ञवालीलाई नियुक्त गरेको । उनीहरुको नाम सभापति रवि लामिछानेबाट प्रस्तावित भएको र केन्द्रीय समितिले अनुमोदन गरेको पार्टीले प्रेसित गरेको सूचनामा छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय सोमबारको केन्द्रीय सचिवालय बैठकले गरेको छ। यस विभागको प्रमुखको जिम्मेवारीमा डिपी अर्याल थिए । अर्याल सभामुखको जिम्मेवारीमा गएपछि बोहरालाई प्रवास विभागको जिम्मेवारी दिइएको हो ।
पार्टीको केन्द्रीय समितिले केन्द्रीय सल्लाहकार परिषदमा र संघीय नेतृत्व परिषदमा केही सदस्य थपेको जनाइएको छ ।
संघिय नेतृत्व मञ्चमा मनोनीत नयाँ सदस्यहरू
तुलसी प्रसाद चौधरी, सप्तरी, राम सिह थारू, बर्दिया ,जीवन धामी, मोरंग, प्रेमा चौधरी, कैलाली, नवराज राना, कञ्चनपुर, एकराज चौधरी, दाङ थपिएका छन् ।
त्यस्तै, केन्द्रीय सल्लाहकार परिषदमा नयाँ सदस्यहरू मनोनित भएका छन् । नयाँ सदस्यहरुमा जीवन प्रभा लामा, काभ्रे, मोती प्रसाद पंगाली, नवलपरासी पुर्व, हरिप्रसाद पाण्डे, भक्तपुर,बिष्णुहरी शर्मा, कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ।
कसलाई कति लेबि
सासंद रू १५,०००
मन्त्री रू १८,०००
स्वकीय सचिव रू २,०००
प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपाको वरिष्ठ नेता हुन्, पार्टी वरियतामा सभापति पछिको दोश्रो स्थानमा, उनले कति लेबि बुझाउने त्यो निर्णय गरेको छैन । त्यसो त बालेन्द्र पार्टी बैंठकहरुमा सहभागि नै हुँदैनन् । त्यसो त पार्टीको केन्द्रीय सचिवालयमा बालेन कुनै जिम्मेवारीमा छैनन् ।
रास्वपाको सचिवालय
रवि लामिछाने -सभापति
स्वर्णिम वाग्ले- उप सभापति
कविन्द्र वुर्लाकोटी -महामन्त्री
भुपदेव साह -महामन्त्री
विपिन आचार्य- सहमहामन्त्री
लिमा अधिकारी- कोषाध्यक्ष
वसु माया तामाङ- सहकोषाध्यक्ष्य
मनिष झा – प्रवक्ता
गणेश पराजुली- सचिवालय सदस्य
दिपक बोहरा- सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य
शिशिर खनाल- सचिवालय सदस्य
सोभिता गौतम- सचिवालय सदस्य
हरि ढकाल- सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिता श्री ज्ञवाली- सचिवालय सदस्य
