सभापति थापाले आफ्नो सदस्यता आवधिक गर्दे वैशाख मसान्त भित्रै सबैलाई सदस्यता आवधिक गर्न अनुरोध गरेका छन् ।

काठमाडौं, १ वैशाख। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको जरा अभियानको शुभारम्भ गरेका छन् । थापाले काठमाडौं वडानं ३० बाट आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गर्दे अभियान प्रारम्भ भएको कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ। संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी र्दिए ।अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।
पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस नेताहरुले बताएका छन्।