कांग्रेसले एकसाथ सुरु गर्यो ‘एक महिने जरा अभियान’ र १५ औं अधिवेशन
काठमाडौं, २१ चैत ।
नेपाली कांग्रेसले पार्टी संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउने उदेश्यले ‘एक महिने जरा अभियान’ संचालन गर्ने र समानान्तरमा १५ औं महाधिवेशनको प्रारम्भिक कामहरु गर्ने रणनीति लिएको छ ।
पार्टीले एक महिने जरा अभियान, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । जिल्ला जिल्लामा जिम्मेवारी तोकिएका प्रतिनिधिहरुलाई शनिबार अभिमुखिकरण कार्यक्रम पनि संचालन गरेको छ ।

पार्टी केन्द्रीय समितिको कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी महामन्त्री प्रदीप पौडेलले
अभियानको उद्देश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पारित गरेको विधानका सम्बन्धमा, खटिने प्रतिनिधिको कार्यविधि र प्राविधिक विषयका पक्षमा जानकारी गराएका थिए ।
केन्द्रीय प्रतिनिधिको आजको अभिमुखीकरण कार्यक्रमबाट १५ औं महाधिवेशनको कार्यतालिका अनुसारका काम सुृरु भएको कांग्रेसले जनाएको छ ।
२०८३ वैशाख १ गतेदेखि प्रारम्भ हुने एक महिने जरा अभियान संचालन अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने,सामाजिक र सिर्जनात्मक अभियान संचालन गर्ने तथा स्थानीय सरकार संचालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्ने कार्यक्रम छन् ।
यसका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिएका छन् । जिल्ला मार्फत ६ हजार ७सय ४३ वडाहरुमा प्रतिनिधिहरु खटने बताइएको छ । २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिनेछ ।
वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्नेछ । यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यहरुले मात्र कांग्रेस आइडी ९ऋयलनचभकक क्ष्म्० प्राप्त गर्नेछन् र १५ औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।
७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि
