काठमाडौं, ३० पुस ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २४ औं वार्षिक साधारणसभा बुधबार एक समारोहबीच सम्पन्न भएको छ । सभामा फाइनान्सका अध्यक्ष युवराज भण्डारीज्यूले पेश गरेको आ.ब. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहित आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।
ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि अझ सरल सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गदैं जाने प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।संस्थाको प्रधान कार्यालय, गुहेश्वरी भवन, पुल्चोक, ललितपुरमा मिति २०८२ षौष ३० साधारणसभा सम्पन्न भएको हो।
संस्थाले हाल Chip Based Debit Card, SMS Alert, E-Banking, Mobile Banking, Nepal Pay QR, E-Sewa, Fonepay, Khalti, Corporate Pay, ECC, RTGS, NCHL IPS, Connect IPS Service, Safe Deposit Locker, National Payment switch (NPS),विप्रेषण सेवा (Remittance), C-ASBA, QR Teller लगायतका सेवाहरु प्रदान गर्दे आएको छ । साथै व्यक्तिगत खाताको हकमा रु. ५ लाखसम्मको निक्षेप वीमाको समेतको व्यवस्था गरेको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाका मुलुकभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टर छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *