आज पूर्णिमा, चन्द्रग्रहण : तिथिमिति, ग्रहगोचर, मौसम

२०८२ साल भदौं २२ गते आइतबार । पूर्णिमा, चन्द्रग्रहण ।सन २०२५ सेप्टेम्बर ७ ।नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः४५सूर्य अस्त १८ः१६
चन्द्र उदय ६ः०७
चन्द्र राशी ११ः३४ सम्म मकर, त्यसपछि कुम्भ
तिथि : पूर्णिमा
नक्षत्रः शतभिसा २१ः५४ सम्म त्यसपछि पूर्वभाद्रपाद
योग : सुकर्मा ९ः३६ सम्म त्यसपछि धृती
करण :विष्टि १२ः५६ त्यसपछि उपरान्त
ग्रह गोचर
सूर्य :सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्र : कुम्भ राशी शतभिसा नक्षत्र
मंगल : कन्या राशी चित्रा नक्षत्र
बुध : सिंह राशी मघा नक्षत्र
बृहस्पती : मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः कर्क राशी अश्लेषा नक्षत्र
शनि :मीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतु : सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त : ०४ः१४ देखी ०४ः५९सम्म
अभिजित मुहुर्त :११ः३६ देखी १२ः२७ सम्म
राहुकाल : ४ः४४ देखी ६ः१८ सम्म
आज चन्द्र ग्रहण, ॐनमोभगवते रुद्राय जप लाभकारी
सूर्य ग्रहण,चन्द्र ग्रहण खगोलिय घटनाहरु हुन् । विश्व बह्माण्ड विशालकाय छ र ग्रह, उपग्रहहरु, तारापुन्जहरुको ठूलो संख्या आकाशगंगामा विचरण गरिरहेका छन् । ग्रह उपग्रहहरु एउटा निश्चित परिधिमा रहेर आआफ्नो गतिमा धुमिरहेका हुन्छन् । अनादीकालदेखीको यो चक्कर जारी छ । यसरी घुम्ने क्रममा जब सूर्य, चन्द्रमा र पृथ्वी एउटै रेखामा आइपुग्दछन् वा भनौ आपनेसामने ह्ुनपुगे भने,त्यस्तो घटनालाई ग्रहण भनिन्छ।
वैदिक तथा ज्योतिषिय र खगोल विज्ञान दुबैले तीनवटा ग्रह आमनेसामने भएको अवस्थामा मध्यमा अर्थात बिचमा पर्ने ग्रहको छायाँ जहाँ पर्दछ त्यहाँ ग्रहण लागेको भन्ने गरिन्छ । चन्द्र ग्रहणको समयमा सूर्य र चन्द्रको बिचमा पृथ्वी हुन्छ । पृथ्वीको छाया चन्द्रमा पर्दछ, चन्द्र ग्रहण लाग्दछ । त्यस्तै सूर्य ग्रहणको समयमा सूर्य र पृथ्वीको बिचमा चन्द्र आइपुगेको हुन्छ । सूर्यको प्रकाश चन्द्रमाले छेकेर पृथ्वीमा आउनबाट रोकिदिन्छ, चन्द्रमाको छाया पृथ्वीमा पर्दछ, पृथ्वीबाट सूर्यको प्रकाश छेकिन्छ । यस्तो अवस्थालाई सूर्य ग्रहण भनिन्छ ।
वैदिक ज्योतिष र खगोल विज्ञान दुबै मान्यतामा ग्रहणलाई मुलरुपमा खगोलिय घटनाको छायाँको रुपमा लिइन्छ ।तर, वैज्ञानिक मान्यता र वैदिक ज्योतिषिय मान्यताको बुझाईमा भने भिन्नता छन् ।
‘चन्द्र ग्रहणको बेला पृथ्वीको छायाँ चन्द्रमा पर्दछ,जसलाई राहुको छायाँ भनिन्छ । त्यस्तै चन्द्रमाको छायाँ पृथ्वीमा पर्ने सूर्य ग्रहणको घटनालाई भने केतु छायाँ भन्ने गरिन्छ
खगोल विज्ञानमा ग्रहहरु आमने सामने हुँदा विभिन्न हानिकारक विकिरणहरु उत्पादन हुने संभावना औल्याउँदै सावधानी अपनाउन भनिन्छ,खास गरेर सूर्य ग्रहणको समयमा ।
यता वैदिक मान्यताका आधार भने फरक छ । ज्योषिताचार्य वाशुदेव शास्त्री भन्दछन् ‘चन्द्र ग्रहणको बेला पृथ्वीको छायाँ चन्द्रमा पर्दछ,जसलाई राहुको छायाँ भनिन्छ । त्यस्तै चन्द्रमाको छायाँ पृथ्वीमा पर्ने सूर्य ग्रहणको घटनालाई भने केतु छायाँ भन्ने गरिन्छ ।’
धार्मिक मान्यता अनुसार हिन्दूधर्मवादीहरु ग्रहणको समयमा र केही घण्टा अघिपछि निराहार बस्ने, जलासयहरुमा स्नान गर्ने, दान,जप गर्ने गर्दछन् ।व्यक्तिको राशी अनुसार लाभहानी हुने विश्लेषण पनि गर्ने गरिन्छ ।शास्त्रीका अनुसार भदौ २२ को चन्द्रग्रहणको असर र प्रभाव एकसातासम्म रहने हुन्छ ।
अब भदौ २२ गते लाग्ने चन्द्र ग्रहणको कुरा गरौं।चन्द्रग्रहण आइतबार राती १० बजेर ११ मीनेटबाट सुरु भएर १ बजेर ४१ मीनेटमा अन्त्य हुन्छ । यस आधारमा ३ घण्टा ३० मीनेट लामो ग्रहण हुने छ । यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, यूरोपबाट पनि देखिन्छ।
चन्द्र ग्रहण चन्द्रमा पूर्वभाद्रपद नक्षत्रमा विचरण गरिरहेको अवस्थामा हुँदैछ । पूर्वभाद्रपाद नक्षत्रलाई ज्योतिषमा रुद्र नक्षत्र पनि भन्ने गरिन्छ । भारतका प्रसिद्ध ज्योतिष नभनित चितकाराका अनुसार ग्रहण लाग्ने दिन देखी आउँदा १५ दिनसम्म ॐनमोभगवते रुद्राय जप लाभकारी हुन्छ ।