२०८२ साल भदौ १९ गते बिहिबार । द्धादशी तिथि । सन् २०२५ सप्टेम्बर ४ । नेपाल संवत ११४५ ।शुक्ल पक्ष । दक्षिणायान ।
सूर्य उदय ५ः४४ सूर्य अस्त ः१८.१९
तिथिः द्धादशी तिथि
नक्षत्रः उत्तरषादा
योगः सौभाग्य १५ः३३ शोभन                     
करणः बव १६ः३१ त्यसपछि बालव
ग्रहगोचर :
सूर्यःसिंह राशी,पूर्वफाग्नुनी नक्षत्र
चन्द्रः धनु, पूर्वषाढा
मंगलः कन्या,चित्रा नक्षत्र
बुधः सिह,मघा नक्षत्र
बृहस्पतीःमिथुन,पुर्नवसु नक्षत्र
शुक्रः कर्कट राशी,अश्लेषा नक्षत्र
शनिःमिन राशी,उत्तरभाद्रपद नक्षत्र
राहुःकुभ्म,पूर्वभाद्रपद नक्षत्र
केतुःसिंह राशी,पूर्व फाल्गुनी नक्षत्र
बह्म मुहुर्तः४ंः ं१३देखी ४ः५८सम्म
अभिजित मुहुर्तः११.३७—१२.२८ सम्म
                                                    राहुकालः १ ३७ देखी ३ः१२ सम्म

आजको मौसम

जल तथा मौसम विभागले बिहिबार बिहान जारी गरेको मौसमी विवरण अनुसार आज देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु(भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राती
कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।